प्रथम आठघरे कराते च्याम्पियनशीप सम्पन्न

0
1247

भूटानी शरणार्थी खेलाडीबाट ३ स्वर्ण सहित चौथो स्थान प्राप्त
९ असार २०७५
दमक/इलामको सुर्योदय नगरपालिकामा प्रथप पटक आयोजना गरिएको पहिलो आठघरे खुल्ला कराते च्याम्पियनशीप टुर्नामेन्ट आज सम्पन्न भएको छ ।
टुर्नामेन्टमा आयोजक आठघरे कराते टीम ८ गोल्ड सहित २१ मेडलको उपाधी प्राप्त गर्दै प्रथम भएको छ । यस्तै सुनसरी कराते टिम ६ गोल्ड सहित १८ मेडल प्राप्त गर्दै दोस्रो स्थानमा आएको छ । ५ गोल्ड सहित १२ मेडल प्राप्त गरी मोरङ्ग कराते टीम तेस्रो स्थानमा आएको छ ।
यता भूटानी शरणार्थी शिविर वेलडाँगीबाट गएका खेलाडीहरुले ३ गोल्ड सहित ११ मेडल प्राप्त गरी चौथो स्थानमा आएको भूटान कराते एशोसियशनका कोच डम्बर मुखियाले बताउनु भयो । भारतको खरर्साङ्ग, सिलगुडी, कालिम्पोङ्ग, गेन्टोक, नेपालका ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग र सुनसरीबाट २ सय ५० हाराहारीमा कराते खेलाडीहरु सहभागी भएको खेल आयोजक समितिका अध्यक्ष तिर्थराज आचार्यले जानकारी दिनु भयो ।
भूटान देशको प्रतिनिधित्व गर्दै सहभागिता जनाउँन गएका भूटानी शरणार्थी खेलाडीले थोरै खेला डी सहभागी भएर पनि चौथो स्थान ल्याउनु भूटानी खेलाडीका लागि गौरवको कुरा भएको कोच मुखियाले बताउनु भयो । मुखियाका अनुसार लियो गुरुङ्ग (५५ केजी), विशाल सुनुवार (४० केजी) र खुशी गुरुङ्ग (२५ केजी) ले पहिलो स्थान हासिल गर्दै स्वर्ण पदक हात पारेका छन् । यस्तै विभिन्न तौल समूहमा दिपेश राई , कुसाङ्ग सुब्बा, आयुष मगर ले दितीय स्थान हासिल गरेका छन् भने दिपा तामाङ्गले तृतीय स्थान प्राप्त गरेको भूटान कराते एशोशियसनले जानकारी दिएको छ ।
हिजो देखि भएको खेलमा प्रथम, दितीय र तृतीयलाई क्रमश नगद १०, ७ र ५ हजार नगद, प्रमाणपत्र, ट्रफी प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here