पराम्परागत घरायसी सामाग्री लोप हुने अवस्थामा

0
3411

काठको सामाग्रीको व्यापार घट्यो 
८ असार, २०७५/डिकेश लामा
दमक/मानिसको जिवनशैलीमा आएको परिवर्तन सँगै पराम्परागत रुपमा प्रयोग हुने घरायसी सामाग्रीको उपयोग घट्न थालेको छ । बढ्दो शहरीकरण सँगै विभिन्न धातु तथा माटोका सामाग्रीहरु उपलव्ध हुन थाले पछि काठका पराम्परागत सामाग्रीको प्रयोगमा कमि आउन थालेको हो ।
केही बर्ष अघिसम्म हरेक हाटबजारमा दिनमा १० देखि १२ हजारसम्मको काठका सामाग्री विक्री गर्दै आउनु भएकी खनमाया विकले अहिले आएर दिन भरीमा ४/५ हजारको पनि बेच्न मुश्किल पर्ने बताउनु भयो । मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा नंं ८ मा स्थायी बसोबास गर्ने विकले ढेड दशकदेखि काठका ठेकी लगायत अन्य सामाग्री बेच्दै आउनु भएको हो । तर अहिले आएर यो व्यवसायबाट घरव्यहार धान्न नै मुश्किल पर्न थालेको विकले बताउनु भयो ।


शुरु शुरुमा परिवारलाई मनग्ये आम्दानी पुग्ने यो व्यवसायमा अहिले आएर समस्या आउन थालेको बर्षो देखि काठको व्यवसायमा काम गर्दै आउनु भएका गोपाल सेन्चुरीले बताउनु भयो । सेन्चुरीको परिवारले बर्षौ देखि यो व्यवसाय गर्दै आउनु भएको हो । गोपालले इलामको मंगलबारे, नाम्सालिङ्ग, हर्कटे, सलकपुर लगायतका क्षेत्रमा बसेर धेरै बर्ष काठका सामाग्री उत्पादन गरिसक्नु भएको छ । तर अहिले ठेकी लगायतका सामाग्री बन्ने काठ भेट्न नै मुश्किल पर्न थालेको बताउनु भयो । काठको अभावका काराण मुल्य बढे सँगै बजारीकरणको समस्याले धेरै काठका व्यवसायीहरु विस्तापित भईसकेका छन् ।


बुवा बाजे देखि गर्दै आएको काठको व्यवसाय अहिले आएर धरापमा पर्दै गएको सेन्चुरीले बताउनु भयो । उर्लाबारी नगरपालिका वडा नं. ६ मंगलबारे निवासी सेन्चुरी आफैले बनाएर सामानहरु बेच्ने गर्नु हुन्छ । तर आधुनिक मेशनरीका सामाग्रीको प्रयोगले यो व्यवसाय संकटमा पर्दै गएको छ । दार, सादन, खमारी, सतिसाल,थाकर लगायतका प्रजातिको काठबाट विभिन्न घरायसी प्रयोगका सामानहरु बनाउने र बेच्ने काममा पछिल्लो समय घट्दै गएको व्यवसायीहरु बताउँछन् ।
पूर्वी नेपालको ताप्लेजुङ्ग र इलामका विभिन्न भागमा बनाइने काठका सामाग्री काठको अभाव र खस्कदो बजारीकरणका कारण लोप हुने अवस्थामा आएको छ ।

See live story by GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here