अन्तरेको दोस्रो कृति ‘अक्षर’ दार्जीलिङमा लोकार्पित

0
919

टेक्सास, अमेरिका | गजलकार पातलो अन्तरेको दोस्रो गजल सङ्ग्र ‘अक्षर’ पाठकहरुमाझ आएको छ | ग्लोबल भूटि्नज लिटरेरी ओर्गनाईजेसनले प्रकाशन गरेको उक्त कृति गत आइतबार, आषाढ ३ गते भारतको दार्जीलिङ स्थीत हिमालयन कला मन्दिर भवनमा विमोचित भएको हो |

कवि मिलन बान्तवाको अध्यक्षतामा आयोजित उक्त विमोचन कार्यक्रमको निम्ति जयकुमार राई, पत्रकार एवं कवयित्री सबिता ‘संकल्प’, जगत राई, साहित्यकार शारदा स्टेफी, पेम्बा यल्मो, सुमित्रा ‘अविरल’ आदिले विशिष्ट आथित्य ग्रहण गरेका थिए भने वरिष्ट साहित्यकर विन्द्या सुब्बा प्रमुख अथिति रहेका थिए | आफ्नो मन्तब्यको क्रममा सुब्बाले पातलो अन्तरे जीबीएलओका सक्रिय कार्यकर्त्ता भएको बताउदै उनको साहित्यिक यात्रा र संघर्षको खुलेर प्रशंसा गरे |

भूटानको त्यो समृद्ध र सुखद जीवनमा राजनीतिक संकटको बज्रपात परेपछि धेरै वर्ष नेपाल भूमिमा शरणार्थीको दयनीय जीवन व्यतित गर्न बाध्य भएका यी सर्जकको लेखनमा देश नहुदाको पीडा, भाषा हराउद आफ्नो नेपालीत्व गुम्ने भय जस्ता पक्षहरू प्रतिविम्बित भएको महसुस गर्न सकिन्छ | यही यथार्थको पुष्टि स्वरूप उनको यो दोस्रो कृति ‘अक्षर’भाषा बचाऊको आह्वान बोकेर प्रकाशनमा आएको हो| हाम्रो सम्पर्कमा उनले भने – “अंग्रेजीमय तेस्रो मुलुकमा छौं हामी | हाम्रो बालबच्चा, युवा भाई बहिनिहरूको सम्पर्क भाषा अंग्रेजी बनेको यस्तो परिस्थिमा नेपाली भाषा बचाऊ अभियान जरूरी छ | यही सन्देश प्रवाह गर्न मेरो कृतिको नामकरण ‘अक्षर’ रकेको हुँ | ‘अक्षर’ रहेमा भाषा रहन्छ |” उनी अमेरिका पुनर्वास पछि पहिलोपटक आफ्नो कृति विमोचनको निम्ति दार्जीलिङ पुगेका हुन् |

कृतिकार पातलो अन्तरे, बीचमा प्रमुख अथिति बिन्द्य सुब्बा अनि साथमा कृतिकार श्रीमती

विमोचित पुस्तक ‘‘अक्षर’ भित्रका केही गजलहरू कृति सर्जक स्वयंले वाचन पनि गरेका थिए । यवा साहित्यकार महेश दाहालले कार्यक्रम सहजीकरणको भूमिका निर्वाह गरेका थिए | २०औं वर्ष पुर्खाको भुमि नेपालमा शरणार्थी भइ बसोबास गर्ने भूटानीहरूको पछिल्लो समयमा दार्जीलिङ, भारतसँग साहित्यिक सम्बन्ध सुमधुर देखिन्छ |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here