भूटानी शरणार्थीहरुको ९० प्रतिशत समस्या समाधान

0
1957

बाँकी रहेका शरणार्थीको समस्या प्रति सवै जिम्मेवार हुनु पर्ने

 
६ असार २०७५/डिकेश लामा
दमक/अढाई दशक देखि पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी शरणार्थीहरुको समस्या ९० प्रतिशत समाधान भईसकेको बताइएको छ । विश्व शरणार्थी अवलोकन दिवश २०१८को आज भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सो कुरा बताउनु भएको हो । तेस्रो मुलुक स्थानान्तरण भएर ९० प्रतिशत समस्या समाधान भए पनि बाँकी रहेका ७ हजार हाराहारीका शराणर्थीका समस्या अझै ठूलो र गम्भिर रहेको प्रजिअ दाहालले बताउनु भयो ।

दाहालले स्वदेश फिर्ती नै दिर्घकालिन समस्याको समाधान भएकोले यसमा सवै सरोकारवाला निकायले उल्लेख्य भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । दाहालले शरणार्थी रेखदेख निकायलाई शरणार्थीलाई दिँदै आएको राशन पानी निरन्तर प्रदान गर्न दातृ निकायलाई अनुरोध समेत गर्नु भयो ।
शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयुक्त दमक शाखाकी प्रमुख आन्ना पेलोसीले संसारमा हरेक २ सकेन्डमा १ जना शरणार्थी बनिरहेको अवस्थामा सवै मिलेर यो समस्या समाधानमा पहल गर्नु पर्ने बताउनु भयो । पेलोसीले यता नेपालमा भूटानी शरणार्थी समस्या समाधानमा नेपाल सरकार र शरणार्थीहरुले उच्च योगदान दिएको भन्दै धन्यवाद समेत दिनु भयो । कसैलाई पनि पछाडि नछाडौं शरणार्थी सँगै उभियौं भन्ने लक्ष्यका साथ स्थानीय तथा शरणार्थीहरु कसैलाई पछाडि नपारी सँगै लिएर जाने वातावरण बनाउन आग्रह समेत गर्नु भयो ।


यस्तै प्रदेश नम्बर १ का प्रमुख न्यायधिबक्ता चुडामणी आचार्यले शरणार्थी पनि मानिस भएकोले उनीहरुमा कुनै पनि विभेद नगरी दिर्घकालिन समस्या समाधान तर्फ पहल गर्नु पर्ने बताउनु भयो । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईको उपस्थिति हुन नसके पछि आचार्यले प्रदेशको तर्फबाट शरणार्थीहरुको समस्या समाधानमा विशेष पहल गर्ने वातारण मिलाउन सवैको सहयोग चाहिने बताउनु भयो ।

पथरी शनिश्चरे शिविरका शिविर सचीव चम्पासिंह राईको सभापतित्वमा भएको कार्यक्रममा वेलडाँगीका शिविर सचीव टिकाराम रसाइलीले शरणार्थीहरुका लागि ५ बूँदे माग लामो समय देखि नेपाल सरकारका जिम्मेवार निकाय र व्यक्तित्वलाई जानकारी गराएको भए पनि सुनवाई नभएको गुनासो राख्नु भयो । रसाईलीले स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन, स्थानीयकरण, अन्तराष्ट्रियकरण र दर्ता छुटेका शरणार्थीको समस्या जिम्मेवार निकायले सुनिदिन आग्रह गर्नु भयो । कार्यक्रममा पछिल्लो समय शरणार्थी शिविरमा समस्यामा रहेकाहरुलाई तेस्रो मुलुकबाट सहयोग गर्ने न्यू क्रिएशन प्रोडक्शन र नाशिभिल नेपाली नाटक समुहलाई सम्मान पत्र समेत प्रमुख अतिथि प्रजिअ दाहाल सहित अतिथिको हातबाट सम्पर्क व्यक्ति पूर्व सचीव सन्चहाङ्ग सुब्बालाई सम्मान समेत गरिएको छ । कार्यक्रममा भूटानी गीत, नृत्य, कविता समेत प्रस्तुत गरिएको छ ।

मुख्य मन्त्री राईलाई शरणार्थी समूदायको ज्ञापन पत्र


दमक/विश्व शरणार्थी दिवशको अवसर पारेर आज आफ्नो देश फर्कन चाहाने भूटानी शरणार्थीहरुले प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई सम्बोधन गरी प्रदेश नम्बर १ का प्रमुख न्यायधिबक्ता चुणामणी आचार्य लगायत यूएनएचसीआरलाई ज्ञापन पत्र बुझाइएको छ । कार्यक्रममा मुख्य मन्त्री राईको उपस्थिती हुने भनिएको भए पनि विशेष कारणबश आउन नसकेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा भूटान स्वतन्त्र जनमञ्चका तर्फबाट महासचिव धनविर सुब्बा, राष्ट्रिय पुनर्मिलन समिति भूटानका संयोजक कृष्णविर तामाङ र भूटानी शरणार्थी स्वदेश फिर्ती जेष्ठ नागरिक समितिका प्रवक्ता तथा सहसंयोजक सन्धविर घलेले सरोकारवाला समक्ष छुट्टा छुट्टै ज्ञापन पत्र बुझाएका छन् ।
शरणार्थीहरुको ३ वटै समितिले फरक फरक ज्ञापन पत्र बुझाउँदै स्वदेश फर्कन चाहाने भूटानी शरणार्थीहरुका लागि तत्काल वातावरण मिलाउन आग्रह गरिएको छ । शरणार्थी अवलोकन दिवशमा प्रमुख अतिथिको रुपमा आउनु हुने भनिएका मुख्य मन्त्रीको काम विशेषले उपस्थित हुन नसके पछि प्रदेश नम्बर १ का प्रमुख न्यायधिबक्ता आचार्यलाई ज्ञापन पत्र बुझाउँदै मुख्य मन्त्रीलाई शरणार्थीको समस्या प्रति चासो राखिदिन स्वदेश फर्कन चाहाने शरणार्थीले आग्रह गरेका छन् । यसैगरी लामो समय देखि शरणार्थी शिविर बस्दै आएका तथा परिचय पत्रका लागि फोटो खिचाईसकेका शरणार्थीहरुले परिचय पत्र नपाएकोले ठूलो समस्या आएको भन्दै तत्काल नेपाल सरकार र युएनएचसीआरको समन्वयमा शरणार्थी परिचय पत्र दिलाउँन परिचय पत्र छुटेका शरणार्थीहरुले माग गरेका छन् ।

See World Refugee Observation Day 2018 of Bhutanese Camp Beldangi by GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here