आयोजक रसिया बिश्वकपको दोस्रो चरणमा, इजिप्ट ३-१ ले पराजित

0
878

६ असार, काठमाण्डौ । आयोजक रसिया विश्वकप फुटबलको दोस्रो चरण प्रवेश गर्ने पहिलो राष्ट्र बनेको छ । रसियाले ग्रुप ए अन्तरगतको एक खेल बाँकी छदै दोस्रो चरण प्रवेश गरेको हो । मंगलबार राति सम्पन्न खेलमा इजिप्टलाई ३ – १ गोल अन्तरले पराजित गर्दै रसिया दोस्रो चरण प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा रसियाले इजिप्टले दिएको आत्मघाती गोलको उपहारसँगै अग्रता लिएको थियो । इजिप्टका अहमेद फाथीले आत्मघाती गोल गरेका थिए ।  लगत्तै खेलमा हावी भएको रसियाका लागि ५९ औं मिनेटमा डेनिस चेरिसेभ र ६२ औं मिनेटमा एर्टेम ज्युबाले गोल गरे । ७३ औं मिनेटमा इजिप्टले पाएको पेनाल्टीमा मोहमद सलाहले गोल गरेपछि इजिप्ट खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । लगातार दुई खेलको हारसँगै इजिप्टको दोस्रो चरण प्रवेशको सम्भावना गणितीय हिसावले मात्र जिवित छ । यो समुहबाट २ खेलबाट ८ गोल गर्दै रसिया दोस्रो चरण प्रवेश गरिसकेको छ । उसका लागि समूह बिजेता को भन्ने मात्र निर्क्योल हुन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here