प्रधानमन्त्री ओली चीनमा

0
878

५ असार, काठमाण्डौ । ६ दिनको भ्रमणका लागि मंगलबार बिहान चीन गएका प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक कार्यक्रममा ब्यस्त देखिएका छन् । ओली मंगलबार साँझ चीनस्थित नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा सह्रिक भएका छन् । सो अबसरमा ओलीले नेपाल र चीनबीच कनेक्टिभिटी, ब्यापार तथा लगानी, पर्यटन, उर्जा र वातावरणको क्षेत्रमा सहकार्य अझ बलियो बनाउने बताएका छन् । बुधबार अपरान्ह चिनियाँ राष्ट्रपति सी जिङ पिङसँगको भेटबार्ता अघि ओली एकाध कार्यक्रम र केही उच्चस्तरीय राजनीतिक भेटबार्तामा सह्रिक हुने बताईएको छ । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा चीन पुगेका प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयमा दुई देशबीच सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here