अपवाह फैलाइएको ९ दिनपछि डा. उपेन्द्र देबकोटाको निधन

0
857

४ असार, काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मा निधन भएको छ । ज्यूँदो छदै गत २६ जेष्ठमा डा. देवकोटाको मृत्यु भनेर अपवाह फैलाइएको ९ दिनपछि उनको मृत्यु भएको हो । मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टी गर्न अघि उनको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ ।

उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ । डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार सम्भब नभएपछि डा. देवकोटा स्वदेशमा उपचार गर्ने इच्छा बमोजिम गत बैशाख १५ मा नेपाल फर्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here