प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईको शरणार्थीको विषयमा सम्बोधन हुने

0
1013

विश्व शरणार्थी अवलोकन दिवश मनाउन शुरु

  ४ असार २०७५
दमक/ २६ बर्ष अघि देखि पूर्वी नेपालमा बस्दै आएका भूटानी शरणार्थीहरुले यस बर्ष ३ दिन अघि देखि नै विश्व शरणार्थी अवलोकन दिवश मनाउँन थालेका छन् । शरणार्थीहरुको संख्या न्यून हुँदै गए पनि आफूहरु लामो समय देखि शरणार्थी बन्नु परेको पीडालाई विश्व सामु बाँढेर समाधानको मार्ग खोज्न यो दिवश मनाएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
शरणार्थीसँगै रहने कुनै एकलाई पनि नछोड्ने भन्ने नाराका साथ आज देखि विश्व शरणार्थी अवलोकन दिवश २०१८ मनाएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयुक्त दमक शाखा कार्यालयकी प्रमुख आन्ना पेलोसीले बताउनु भयो । दिवशको अवसरमा आज शरणार्थी रेखदेख निकायका कर्मचारी तथा शरणार्थी समूदायका सामाजिक अगुवाबीच मैत्रीपूर्ण फुटवल खेल खेलाइएको खेल संयोजक पूर्व सचीव युवराज राईले बताउनु भयो ।

खेलमा २/२ गोल गर्दै बराबरी भएको बताइएको छ । पर्सी मे २० तारिखका दिन पर्ने विश्व शरणार्थी अवलोकन दिवश अन्तर्गत सो कार्यक्रम गरिएको शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो । शरणार्थीहरुको संख्या न्यून भएकोले यस पटक मोरङ्गको पथरी शनिश्चरे र झापाको वेलडाँगी शिविरले सँयुक्तरुपमा कार्यक्रम गर्न थालेको शिविर व्यवस्थापन समितीले जानकारी दिएको छ । भोली शिविर क्षेत्रको सरसफाई र पर्सी प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईको प्रमुख आथित्यमा विशेष कार्यक्रम गरी समापन गरिने आयोजक समितिले जानकारी दिएको छ ।
यो २०१८सालको शरणार्थी अवलोकन दिवशमा भूटानी शरणार्थीहरुको इतिहासमा विशेष योगदान दिने ३ जनालाई सम्मान गरिने शिविर व्यवस्थापन समितीले जानकारी दिएको छ । पर्सी २० तारिखका दिन प्रदेश नम्बर १ का मुख्य मन्त्री राईले शरणार्थीको विषयमा केही सम्बोधन समेत गरिने आयोजक समितीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here