बिश्वकपमा बलिया टिमको निराशाजनक नतिजा, ब्राजिल बराबरीमा रोकिदा जर्मनी पराजित

0
836

४ असार, काठमाडौं रुसमा चलिरहेको बिश्वकप फुटबलको २१ औं संस्करणमा अप्रत्याशीत नतिजाले निरन्तरता पाएका छन । विश्वकपको दाबेदार मानिएका मुलुक धमाधम कुनै बराबरीमा रोकिएका छन भने कुनै टोलि पराजित भएका छन् । यस्तो नतिजा अर्जेन्टिना, स्पेन वा त पोर्जुगलमा मात्र सिमित भएको छैन । आइतबार रातिका खेलमा जर्मनी र ब्राजिलको अप्रत्यासित नतिजा निस्किएको छ । आइतबार रातिको अन्तिम खेलमा ब्राजिल स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको छ । खेलमा अग्रता भने ब्राजिलले लिएको थियो। ब्राजिलका लागि फिलिप काउटिन्होले २० औं मिनेटमा गोल गरेका थिए। उनले डिबक्स नजिकबाट हानेको प्रहारले सिधै जाली चुम्दा ब्राजिल १-० गोलले अग्रता लिएपनि स्विट्जरल्यान्डले ५० मिनेटमा बराबरी गोल फर्कायो । कर्नर बलमा जुबेरले हेडमार्फत गोल फर्काए ।प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले स्विस पोस्टमा पटक/पटक आक्रमण गरेपनि ती सबै प्रहार बिफल भएका थिए । सुरुवाती बराबरीसँगै ब्राजिलले विश्वकपमा ४० वर्षपछि खराब प्रदर्शन गरेको छ । यो सँगै समूह ई मा सर्विया शीर्ष स्थानमा छ। सर्वियाले कोस्टारिकालाई पराजित गरेको थियो।

साबिक बिजेता जर्मनी १-० ले पराजित

आइतबार रातिकै अर्को खेलमा साविकको विश्व विजेता जर्मनी मेक्सिकोसँग पराजित भएको छ। जर्मनी मेक्सिकोसँग १–० ले पराजित भएको हो ।

मेक्सिकोका हार्भिन लोजानोले खेलको ३५ औं मिनेटमा जर्मनीविरुद्ध गरेको गोल नै निर्णायक भयो । अधिकांश समय आफ्नो नियन्त्रणमा गोल राखेको जर्मनीका पटक/पटकका प्रहारले जाली चुम्न नसक्दा जर्मनी पहिलो खेलमा हारेको हो । सन् १९८२ पछि जर्मनीले विश्वकपको पहिलो खेल हारेको यो पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here