बिश्वकप फुटबलः स्पेन र पोर्चुगलले अंक बाढे

0
950

२ असार, काठमाण्डौ । रुसमा जारी विश्वकप फुटबलमा शुक्रबार मध्यरातिको खेलमा स्पेन र पोर्चुगलले तीन/तीन गोलको बराबरी खेल्दै अंक बाढेका छन ।

उच्च प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलले चौथो मिनेटमा पाएको पेनाल्टीलाई क्रिष्टियानो रोनाल्डोले सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए पनि त्यो २४ मिनेटभन्दा बढी टिकेन । २४ औ मिनेटमा स्पेनका डियागो कोष्टाले गोल गर्दै खेल बराबरीमा ल्याए । तर पोर्चुगलले पुनः ४४ औं मिनेटमा रोनाल्डेकै गोलमा पुनः अग्रता लियो र खेलको पहिलो हाफ पोर्चुगलले आफ्नो पक्षमा पार्यो । तर त्यो अग्रतालाई स्पेनिस कोष्टाले पुन दोस्रो हाफको १० औ अर्थात समग्रमा ५५ औ मिनेटमा गोल फर्काए र खेल बराबरीमा ल्याए । खेल यतिमै रोकिएन । पहिलो हाफ पोर्चुगललाई सुम्पिएको स्पेनले दोस्रो हाफमा लगभग आफ्नो पक्षमा पार्यो । ५८ औं मिनेटमा स्पेनिस नाचोले गोल गर्दै स्पेनलाई तीन एकको अग्रता दिलाए ।

तर यो अग्रतालाई बचाइराखेको स्पेनले ८८ औं मिनेटसम्म मात्र जोगाउन सक्दा अंक बाढ्न बाध्य भयो । अर्थात ८८ औं मिनेटमा स्पेनले लगभग स्पष्ट रुपमा पाइसकेको ३ अंक खोस्न तिनै रोनाल्डो बाधक बने र डिएरिया नजिकै पाएको फ्रि-किकलाई गोलमा परिणत गराए । यो सँगै स्पेन र पोर्चुगलले अंक बाढेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here