बिश्वकप फूटबलः उरुग्वे र इरानको संघर्षपूर्ण जित

0
891

१ असार, काठमाण्डौ । रुसमा जारी २१ औं संस्करणको बिश्वकप फूटबलमा शुक्रबार भएका खेलमा उरुग्वे र इरानले संघर्षपूर्ण जित निकाल्दै तीन/तीन अंक बटुलेका छन् ।

शुक्रबार साँझको पहिलो खेलमा इजिप्टमाथि अधिकांश समय उरुग्वे हावी भएपनि जितका लागि भने खेलको अन्तिम मिनेटसम्म कुर्नुपर्यो । उरुग्वेको जितमा जोस जिमिनेज नायक सावित भए । उनले खेलको अन्तिम मिनेटमा कार्लोस सान्चेजको फ्रिकिकमा हेडमार्फत उत्कृष्ट गोल गरे ।  जितसँगै उरुग्वे समूह ए को दोस्रो स्थानमा उक्लिएको छ । यो समूहमा रुस शीर्ष स्थानमा छ ।

आत्मघाति गोलले मोरक्को इरानसँग स्तब्ध

शुक्रबारै राति भएको दोस्रो खेलमा आत्माघाति गोलका कारण मोरोक्को इरानसँग पराजित भएको छ । निर्धारित समयमा दुबै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि थपिएको ७ मिनेटको समयमा मोरोक्कोका अजिज बौहाडोजले आत्मघाति गोल गर्दै इरानलाई जित दिलाए ।

बौहाडोजले ९५ औं मिनेटमा इरानी खेलाडीको फ्रि-किकलाई रोक्न खोज्दा हेडमार्फत आफ्नै पोष्टमा गोल गर्दा इरानले खेल जितेको हो । बिश्वकप फुटबलमा विकल्प खेलाडीको आत्मघाती गोल भएको १२ बर्षपछि यो पहिलोपटक हो । यसअघि सन् २००६ को बिश्वकपमा जर्मनी र पोर्चुगलको खेलमा पनि आत्मघाति गोल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here