धान खेतीमा मेशिनको प्रयोग प्रभावकारी बन्दै ( भिडियो सहित)

0
1407

कामदारको अभावमा रोप्ने, काट्ने र झार्ने सम्म मेशिन

१ असार २०७५/डिकेश लामा
दमक/ झापामा पछिल्लो समय भित्रिएको धान रोप्ने नयाँ प्रविधि ‘ड्रम सिडर’ र ‘जिरो टिल सिड ड्रि«ल’प्रति किसानहरुको आकार्षण बढ्न थालेको छ । झापामा पहिलो पटक भित्रिएको यो प्रविधि प्रति किसानको विश्वास बढ्दै गए पछि मेशिन प्रति आकार्षण बढेको हो ।
प्रधानमन्त्री कृिष आधुनिकरण परियोजना धान सुपरजोन कार्यान्वय इकाइ झापाले यो प्रविधिको सफल परिक्षण एवं प्रयोग गरेपछि यसमा किसानहरु आकार्षण र प्रयोग बढ्न थालेको छ । किसानका लागि सस्तो र सहज पहुँच रहेको तथा यसको प्रयोग जो कोहिले समेत गर्न सक्ने भएकाले प्रभावकारी बढ्दै गएको बताइएको छ । यो प्रविधि अहिले झापाको सुपरजोन क्षेत्र बाहेक भद्रपुर, हल्दिबारी, झापा गाऊपालिका र दमकमा समेत प्रयोग गरिन थालेको छ ।
धान सुपरजोनका वरिष्ठ कृषि अधिकृत मेघराज तिम्सिनाले बताउनु भयो । यो प्रविधिबाट प्रति घण्टा ५ कठ्ठामा धान रोप्न सकिने भएकोले लागत खर्चमा ६० देखि ७० प्रतिशत कम हुने तिम्सिनकाले बताउनु भयो ।
ड्रम सिडर स्थानीय गृल उद्योगहरुमा समेत बनाउन सकिन्छ । यसको बजार मूल्य अहिले १० देखि १५ हजारमात्र रहेको बताईएको छ । यसमा सरकारले ५० प्रतिशत अनुदान दिदै आएको छ । १ प्रतिशत भन्दा कम जैविक तत्व भएको धान सुपरजोन क्षेत्रमा अघिल्लो परिक्षणमा लागत भन्दा ३ गुणा बढी आम्दानी भएको धान बिशेषज्ञ डा. कैलाशप्रसाद भुडेरले बताउनु भयो ।
अव झापाका किशानहरुले धान रोप्ने, काट्ने र झार्ने समेत मेशिनको प्रयोग गर्न थालेपछि धान तथा अन्य खेती प्रति कृषकहरुको चासो बढेको छ । धान सुपरजोन संचालन समितिका उपाध्यक्ष चिन्तामणी खरेलले मेशिनबाट धान रोप्न शुरु गरे पछि अन्य किसानले पनि प्रयोग गर्न थालेको खरेलले बताउनु भयो । पछिल्लो समय धान सुपरजोन क्षेत्रमा सुख्खा तथा हिलो दुवैमा मेशिनबाट धान रोप्न सकिने भए पछि यस प्रति किसानहरुको आकार्षण बढ्दै गएको छ ।

see live video story by GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here