विश्वकप फुटबलः रसियाको शानदार जित

0
724

३१ जेठ, एजेन्सी । आयोजक रुसले बिश्वकप फुटबलमा शानदार जित निकालेको छ ।  २१ औं संस्करणको विश्वकप अन्तरगत आज भएको उद्घाटन खेलमा रुसले आफू भन्दा बरियातामा तीन स्थान माथि रहेको साउदी अरबलाई ५ – ० फराकिलो अन्तरले हराउँदै दोस्रो चरण प्रवेशको सम्भावनालाई सहज बनाएको छ । पहिलो हाफसम्म दुई शुन्यले अग्रता कायम गरेको रुसले दोस्रो हाफको ७१ औ र अतिरिक्त समयमा गरेको दुई गोलले साउदीमाथी सहज जित निकालेको हो । रसियाका लागि खेलको १२ मिनेटमा गाजिन्स्कीले गोल गर्दै अग्रता दिलाएका थिए। ४३ मिनेटमा चेरिसेभले दोस्रो गोल गरे। त्यस्तै ७१ मिनेटमा डिज्यबाले रसियाका लागि तेस्रो गोल गरे । दोस्रो हाफको अतरिरक्त समयको पहिलो मिनेटमा चेरिसेभवले व्यक्तिगत दोस्रो गोल गर्दा रसियाको अग्रता ४-० मा पुग्यो । यस्तै अतिरिक्त समयको चौथो मिनेटमा गोलोभिनले रसियाका लागि पाँचौ गोल गरे । विश्वकप फुटबलमा सहभागी ३२ राष्ट्र मध्ये फिफा बरियातामा सबै भन्दा कमजोर अर्थात ७० औं स्थानमा रहेको रुसले ६७ औं स्थानमा रहेको साउदीलाई हराएसँगै दोस्रो चरण प्रवेशका लागि निकै बलिया मानिएका उरुग्वे र इजिप्टको सामना गर्न समेत सहज हुने आंकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here