मेयर ओलीको गाडीमा फेला परेको बम आज निष्कृय पारियो

0
977

दमकमा बम आतंक बढ्यो

जेष्ठ ३१, २०७५
दमक/ झापा दमक नगर पालिकामा पछिल्लो सयम बम राखेर आतंकित बनाउने कार्य बढ्न थालेको छ । हिजो साँझ मेयर चढ्ने गाडीको क्षतमा बम राखे पछि दमकबासीहरु थप आतंकित भएका छन् । बम राखे पछि दमकका सर्वसाधारणहरु आतंकित भएका छन् । बुधबार कार्यालयबाट घर आउनेक्रममा घर नजिक घुमाउरो बाटो नजिक कसैले शंकास्पद बस्तु राखेको मेयर ओलीकी श्रीमती लिला ओलीले जानकारी दिनु भयो । घुमाउरो बाटोमा गाडीमा एक्कासी आवाज आएको थियो । घरमा आएर हेर्दा बम रहेको भेटिएको ओलीले बताउनु भयो ।
बेलुका भेटिएको बमलाई आज नेपाली सेना २१ नम्बर बाहिनीका सुरक्षाकर्मीले डिस्पोज गरेका छन् । काटुनमा प्याक गरेको अवस्थामा गाडीको छतमा भेटिएको सामानहरुमा बम बनाउने प्रयोग गरिने केही अन्य बस्तु समेत भेटिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनु भयो । बम कसले राखेको भन्ने बारे अझै पनि केही खुल्न नसकेको प्रहरीले जानकारी दिएका छन् ।
३ साता अघिमात्र दमक वडा नं. ७ का वडा अध्यक्ष भिम प्रसाद पौडेलको घरमा बम विफोष्ट हुँदा २ जना घाइते भएका थिए । त्यस अघि दमक बसपार्क क्षेत्रमा बम बनाउने बस्तु राखेर सर्वसाधारणलाई आतंकित बनाइएको थियो ।


मानव अधिकारको भत्र्सना

यसैबीच नेपाल मानव अधिकार प्रतिष्ठान झापाले एक विज्ञप्ती जारी गरी बम आतंक प्रति भत्र्सना गरेको छ । प्रतिष्ठानका अध्यक्ष नविन चापागाई र सचिव नविन योगीले हस्ताक्षर गरी प्रेशित विज्ञप्तीमा बम राखेको घटना प्रति भत्र्सना गरेको हो । विज्ञप्तीमा लोकतन्त्रमा शान्तिपुर्वक जिवन जिउन पाउने अधिकारको सम्मान गर्न सम्बन्धित पक्षले बार्ता र संवाद मार्फत समाधान खोज्न आग्रह गरिएको छ । विज्ञप्तीमा बम राखेर देश भर आतंक फैलाउनेहरुलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल सरकार समक्ष माग समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here