ट्रम्प – किम संयुक्त समझदारीमा हस्ताक्षर

0
1002
तस्बिरः सीएनएन

२८ जेठ, एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-उनबीच कोरियाली प्रायःदीपमा शान्ति स्थापनार्थ महत्वपूर्ण समझदारीमा हस्ताक्षर गरेका छन् ।

तस्बिरः सीएनएन

सिंगापुरमा भएको अभूतपूर्व वार्तापछि उनिहरुले एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीले निकै गौर्वान्वित भएको बताएक छन । अब संयुक्त राज्य अमेरिका र कोरियाली प्राय:द्वीपबीचको सम्बन्ध नितान्त भिन्न हुने ट्रम्पले बताएका छन्।

तस्बिरः सीएनएन

नेता किमले बैठक ऐतिहासिक भएको भन्दै विश्वले अब ठूलो परिवर्तन देख्न पाउने बताए। दुवै पक्षबीच हस्ताक्षर भएको सहमति पत्रका महत्वपूर्ण चार बुँदामा प्योंगयांगलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्ण परमाणु-निशस्त्रिकरणका लागि प्रतिबद्ध तुल्याउने गरीका बिषय उल्लेख गरिएका छन ।

१. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि जनचाहाना अनुसार नयाँ सम्बन्धका लागि प्रतिबद्ध छन्।

२. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्राय:द्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयास गर्नेछन ।

३. सन् २०१८ को अप्रील २७ तारिखमा भएको पाममुनजम घोषणापत्रप्रति समर्थन जनाउंदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्राय:द्वीपको पूर्ण परमाणु निशश्त्रीकरणका लागि प्रतिबद्ध हुनेछ ।

४. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरुको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषहरुलाई सम्बन्धित देशमा तत्काल पठाइने ।

सिंगापुरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसंगको वार्ता कसैले अनुमान गरेभन्दा पनि राम्रो ढंगले सफल भएको बताएका छन । उत्तर कोरियाको आणविक हतियार निसस्त्रिकरणका बिषयलाई लिएर चलेको महिनौ लामो वाकयुद्धपछि उत्तर कोरियाली सर्बोच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच शिखर बार्ता भएको हो ।

तस्बिरः सीएनएन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here