ट्रम्प – किम ऐतिहासिक शिखर बार्तामा

0
1539
तस्बिरः सीएनएन

२८ जेठ, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच बहुप्रतिक्षित शिखर बार्ता सुरु भएको छ ।

तस्बिरः बीबीसी

वार्ताका लागि आइतबार सिंगापुर पुगेका दुवै नेताले स्थानीय समयानुसार बिहान ९ बजे भेटवार्ता गरेका हुन्। कुनै पनि उत्तर कोरियाली प्रमुख नेताले अमेरिकी राष्ट्रपतिलाई भेटेको यो नै पहिलो अवसर हो। शिखर वार्ताअघि कापेला होटलमा दुबै नेताले हात मिलाएका थिए । दुवै राष्ट्रका झण्डा अगाडी देखिएका उनिहरुले अनुवादकको सहयोगमा केहीबेर भलाकुसारी गर्दै एक्लाएक्लै बार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए । वरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी हुनुपूर्व दुई नेताले एक्लाएक्लै वार्ता गरेका हुन्। वार्ता शुरू हुनुभन्दा केही समयअघि ट्वीट गर्दै ट्रम्पले दुई देशका अधिकारीहरूबीचको वार्ता ‘राम्रो तरिकाले अघि बढेको’ बताएका थिए । उत्तर कोरियाको आणविक हतियार निसस्त्रिकरणका बिषयलाई लिएर चलेको महिनौ लामो वाकयुद्धपछि उत्तर कोरियाली सर्बोच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच शिखर बार्ता चलिरहेको हो ।

तस्बिरः सीएनएन

उत्तर कोरियाका लागि शान्ति स्थापना गर्न सिंगापुर वार्ता अन्तिम मौका भएको ट्रम्पले बताउँदै आएका छन् ।  बार्ता सकारात्मक हुँदै अघि बढे बुधबारसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here