विश्वको ध्यान सिंगापुरमा, शिखर बार्ताका लागि किम – ट्रम्प सिंगापुरमा

0
716
तस्बिरः बीबीसी

२७ जेठ, काठमाण्डौ । मंगलबार अर्थात यही जुन १२ कालागि तय भएको शिखर बार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उन सिंगापुर पुगेका छन ।

तस्बिरः बीबीसी

उत्तर कोरियाको आणविक हतियार निसस्त्रिकरणका बिषयलाई लिएर चलेको महिनौ लामो वाकयुद्धपछि उत्तर कोरियाली सर्बोच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच पहिलो पटक शिखर बार्ता हुन लागेको हो ।

तस्बिरः बीबीसी

त्यसो त उत्तरकोरियाली नेताले वाहालवाला अमेरिकी राष्ट्रपतिसँग भेट्न लागेको समेत यो पहिलो पटक हो । उत्तर कोरियाका लागि शान्ति स्थापना गर्न सिंगापुर वार्ता अन्तिम मौका भएको ट्रम्पले बताएका छन् ।

बार्ताका लागि सिंगापुरको डेढ करोड अमेरिकी डलर खर्च

यसैबीच सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली किम जोङ उनबीच हुने शिखरवार्ताका लागि झण्डै १ करोड ५० लाख डलर खर्च हुने जनाएका छन्। सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने लुङलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here