विश्वकपबारे ग्रासनोटको प्रक्षेपणः उपाधिको प्रवल दाबेदार ब्राजिल

0
947

२५ जेठ, एजेन्सी । अनुसन्धानमा आधारित तथ्य विश्लेषण गर्न अमेरिकी संस्था ग्रासनोटले विश्वकप २०१८ को उपाधिको प्रवल दाबेदार ब्राजिल रहेको जनाएको छ ।

नतिजा सार्बजनिक गर्दै  ग्रासनोटले पाँच पटकको विश्वविजेता बनेको ब्राजिलले नै उपाधि जित्ने केही तथ्यहरु पनि सार्बजनिक गरेको छ । उसका अनुसार पछिल्लो चार वर्षमा जम्मा चार खेल मात्र हारेको र सन् २०१६ जुन देखि ब्राजिलले एक खेल मात्र गुमाएकाले  ब्राजिलको उपाधि जित्ने सम्भावना बढी छ।  यस्तै उपाधि जित्ने सम्भावना बढी भएको दोस्रो टिममा स्पेन, साविक विजेता जर्मनी तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन्। ग्रासनोटका अनुसार ब्राजिलको २१ %, स्पेनको १० %,  जर्मनी र अर्जेन्टिनाको ८–८ %,  फ्रान्सको ६ %, कोल्बियाको ५ %,  पेरुको ५ %,  इंग्ल्यान्ड, बेल्जियम र पोर्चुगलको ४–४ %  उपाधि जित्ने सम्भावना छ।  ग्रासनोटले १० लाख बढी तथ्य विश्लेषण गरेर प्रक्षेपण गरेको दाबी गरेको छ।  विश्वकपमा नयाँ विजेता पाउने सम्भावना ४७ % रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here