समयअगाबै सुरु भयो मनसुन

0
1089

२४ जेष्ठ, काठमाण्डौ । जेष्ठ अन्तिम साताबाट सुरु हुने मनसुन यो बर्ष भने समय अगाबै सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुन लगभग सुरु भएको छ । मूलुकभर मनसुन सक्रिय हुन एक/दुई दिन लागेपनि काठमाण्डौ उपत्यकामा भइरहेको बर्षा भने मनसुन नै भएको विभागले जनाएको छ। १० बर्षयता ढिलो गरी सुरु हुँदै आएको मनसुन यो बर्षबाट भने केही दिन अघिबाटै सुरु भएको मौसमविद् राजुधर प्रधानांगले जानकारी दिए । प्रधानांगका अनुसार भारतको केरलामा २९ मे बाटै मनसुन सुरु भएकाले त्यसको प्रभाव नेपालमा पनि देखिएको हो । सामान्तयाः भारतमा मनसुन सुरु भएको सातादिनमा नेपालमा पनि मनसुन सुरु हुने गरेको छ । बंगलादेश, आसाम, मेघालय दार्जिलिङ हुँदै मनसुन नेपाल भित्रिने गरेको छ।  नेपालमा हुने कूल वर्षाको ८० प्रतिशत वर्षा मनसुनको चार महिनामा हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here