झापाका सिमान्तकृत समूदायको आर्थिक स्थिति सुधारोन्मुख

0
1338

सन्थालहरुको ३ वटा सहकारी संचालनमा

  २१ जेष्ठ, २०७५/ डिकेश लामा
दमक/आफैले सहकारी संचालन गरे पछि झापाका सिमान्तकृत सन्थालहरुको आर्थिक अवस्थामा सुधान आउन थालेको छ । कमल गाऊँपालिका वडा नं. ६ र शिवसताक्षी नगरपालिका वडा नं. २ मा ढेड दुई बर्ष अघि देखि संचालनमा ल्याइएको कृषि सहकारी संस्था खोले पछि उनीहरुको घरायसी व्यवहार संचालनमा केही सहजता आएको हो । केही बर्ष अघिसम्म अरुकोमा गएर मेलापात गर्ने सन्थाल कतिपय सन्थालहरुले अहिले आएर आफैले रोजगारी सृजना गरेका छन् । बंगुर तथा बाख्रा पालन, तराकारी खेती जस्ता आय आर्जनका काम गर्न थाले पछि घरायसी व्यवहार संचालन धेरै सहजता आएको सहकारीमा मार्फत तरकारी खेती गर्ने सकुल मुर्मुले बताउनु भयो । पहिले घरमा सानो समस्या हुँदा पैसा पाउन मुश्किल पर्ने सन्थाल समूदायमा अहिले आएर बर्षको २ देखि अढाइ लाखसम्म कमाई गर्न थालेको कमल गाऊँ पालिका वडा नं. ६ मा २ बर्ष अघि देखि संचालनमा आएको संरक्षण कृषि सहकारी संस्थाका सचीव लुखिराम मुर्मुले बताउनु भयो ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ मा संचालित सवैसाथ कृषि सहकारी संस्थाबाट १५देखि ३० हजार ऋण लिएर ३ जनाले बाख्रा पालन गरेका छन् भने २ जनाले बंगुर पालन गरेको संस्थाकी व्यवस्थापक रेखा किस्कुले जानकारी दिनु भयो । यता कमल गाऊँ पालिका वडा नं. ६ मा संचालित संरक्षण कृषि सहकारीबाट अहिलेसम्म १४ जनाले तरकारी, बंगुर पालन र मोटरसाइकल वर्कसप संचालन गर्दै आएको संस्थाकी व्यवस्थापक रिना मुर्मुले बताउनु भयो ।   मुर्मुका अनुसार ३५ देखि ५० हजारसम्म ऋण लिएर उनीहरुले व्यवसाय शुरु गरिएको हो । संस्था सुरुवात गर्दा विश्व लुथरन सामुदायिक कल्याण समाजले दिएको १/१ लाख रुपयाँ सहयोगबाट विस्तार गर्दै गएको संस्थाले हाल ७ देखि ८ लाखसम्मको कारोवार पूँजी निर्माण गरिसकेको छ । कमल गाऊँ पालिकामा १ सय २० संथाल परिवारहरु आवद्ध छन् भने शिवसताक्षी नगरपालिकामा ४५ परिवार रहेका छन् ।

   झापामा रहेका ९ सय १ सहकारी संस्था मध्ये हालसम्म ३ वटा मात्र सिमान्तकृत समूदायले सहकारी संचालन गरेको रेकर्ड भेटिएको जिल्ला सहकारी संघ झापा अध्यक्ष गणेश ढकालले जानकारी दिनु भयो । साविक जुरोपानी हाल गौरादह नगरपालिकामा रहेको मुरैझल्ला सहकारी संस्था राम्ररी संचालनमा आए पनि अहिले आएर नविकरणको अवस्थामा नरहेको पाइएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पिछाडिएका समूदायलाई मुलधारमा ल्याउने धाराहरु निर्माण गरेको छ । तर उनीहरुको अवस्था सुधारमा स्थानीय तहले नै सहयोग गर्नु पर्ने ती समूदायहरुको भनाइ रहेको छ ।

See live video story By Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here