मणिपुर सिरोई चौथो चर्चा, फुटबल खेलाडीहरुसँग सम्पन्न

0
877

मणिपुर | सिरोई परिवारले गत महिनाबाट सुरु गरेको कला साहित्य माथिको विविध चर्चा, चौथो संस्करण स्वरूप आज दिनांक ३ जुन २०१८ सिरोईको कार्यलयमा  खेलकुद, कला साहित्य विषयक मणिपुरका गोर्खा खेलाडीहरु माझ सम्पन्न भयो ।

मणिपुरको कांग्लातोम्बी हात्तीख्वामा जन्मेर बेङलुरु एफ सी कल्बमा आबद्ध, लाते भकुण्डोलाई नै आफ्नो मूल कार्य बनाई अब वेलजियम गई अझै माथी सम्मको उपलब्दी गर्ने अठोट गरेर हामी मणिपुरका गोर्खाहरुको परिचय त्यहाँसम्म पुराउने ठुलो संकल्प लिएका चर्चित खेलाडी श्री अजये पाण्डे आजको बहस विशेष केन्द्र थियो |

करीब दुई घण्टाको अवधिभर चलेको उक्त चर्चा,निम्न पाँच बुँदा माथि केन्द्रित रहयो:
१ शीक्षा र खेलको महत्व
२ खेल र संस्कृतिको भिन्नता
३ आफ्नो रहस सहन
४ खेलकुदमा जीवन छ छैन
५ पत्र पत्रिकाको भूमिका

शीक्षा र खेलको महत्वको सन्दर्भमा पाण्डेले भने – “खेल, शारिरिक तथा मानसिक सन्तुलनको निम्ती अत्यन्तै महत्व छ र शिक्षा बिना मानिस अन्धो बन्दछ । यसैले जीवनमा यी दुवैको अत्यन्तै ठुलो महत्व रहन्छ | संस्कृतिको प्रसंगमा उनले थपे – “संस्कृति बिना हामी निक्कै अधुरो छौ |”  रहन सहनको हकमा आफूहरू अझै पुरानै परिपाटीमा हरेको महसुस उनले ब्यक्त गरे |

खेलकुदमा भविष्य देख्ने पाण्डे, खेल सम्बन्धिको प्रश्नमा खेलकुदमा जीवन छ र खेल खेलेरै परिवार र समाजको उपकर गर्न सकिन्ने उनको धारणा थियो | “मणिपुरबाट विविध झमेला सहेर पनि हाम्रो भाषाको एउटा पत्रिका निक्लेको छ यस्लाई सबै मिलेर जोगाउ” भनि उनले सबैमा आग्रह समेत गरे ।चर्चाकै क्रममा अर्का खेलाडी नबीनले भने “शिक्षा र खेलकुद दुबैको अत्यन्तै महत्व आआफ्नो जगामा छ |” जम्मा पाँच गोर्खा खेलाडीहरुसँग भएको आजको यो चर्चामा प्राय सबैको विचार र भनाईले मेल खाएको देख्न सकिन्थ्यो | दिवस भट्टराई, बीजय पाण्डे, आनन्द भट्टराई जस्ता होनहार खेलाडीहरु मणिपुर बाहिर गई खेल अनुभव बटुली सकेका छन् | गाउँ बिकासमा उनीहरूले आफ्नो अनुभव लगानी गर्ने इच्छा ब्यक्त गरे ।

यसरी चर्चामा केजीवाई ए का कर्मठ सदस्य आशीस थापा, फुटबलको लागी आफूलाई पनि  भूलेर खेलाडीको लागी गहिरो चिन्तन गर्ने मन्तोश सिंह र देवान थापा जस्ता समाजका अगुवा व्यक्तित्वको समेत उपस्थिति थियो जहाँ कला र साहित्यलाई विकास र प्रवद्धनको निम्ति लागि पर्ने प्रतिबद्धता जाहेर गरे साथै पत्रिकामा यस विषयको नयाँ नौलो कुराहरु समावेश गरिदिएमा हामीलाई निक्कै सहयोग हुने बताउदै उनीहरूले सिरोई पत्रिकालाई निवेदन पनि गरे । सिरोई सिर्जनाको प्रधान सम्पादक राहुल राई बोगिको, सम्पादक सूरज चापागाई, पत्रिकाको प्रबन्धक बिशाल खवासहरुद्वारा संचालित कार्यक्रम साझ पाँच बजे समाप्त भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here