दरबार हत्याकाण्डको १७ बर्ष, भएन रहस्योद्घाटन

0
1976

१९ जेष्ठ, काठमाडौं । तत्कालिन राजा बिरेन्द्रको परिवार बंश नै नाश हुने गरि भएको दरबार हत्या काण्डको १७ बर्ष पूरा भएको छ । ०५८ साल जेष्ठ १९ गते राति सवा ९ बजेको घटना स्मरण गर्दा जनता अहिले पनि शोकमग्न हुन्छन् । घटनामा राजा बिरेन्द्र, रानी ऐश्वर्य, यूवराज दिपेन्द्र, अधिराजकुमारी श्रृति, अधिराजकुमार निराजनसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको थियो ।

बलियो सुरक्षा घेराभित्र भएको उक्त घटनाको दोष तत्कालिन छानबिन समितिको प्रतिवेदनले यूवराज दिपेन्द्रलाई लगाएपछि जनस्तरबाट त्यो छानबिन प्रतिबेदनमाथिकै विश्वसनीयता प्रश्न उठाइदै आएको छ । यद्यपी त्यसपछिका सरकारले पटक/पटक दरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएपनि यसले सार्थकता पाएको छैन । बरु तत्कालिन बेलाका प्रमाणहरु नाशिएर नयाँ संरचनाहरु बनाइएका छन, २ सय ४० बर्षदेखि राजतन्त्र पनि समाप्त भएर गइसकेको छ ।

दरबार हत्याकाण्डपछि राजपरिवारको खटनपटनमा सिमित नारायणहिटी दरबार अहिले संग्रहालयमा परिणत भएको छ भने यही दरबार परिषरभित्र गणतन्त्र स्मारक बनाइसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here