मन्त्रीपरिषद् तेस्रो पटक बिस्तार, उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य मन्त्री

0
1713
Upendra Yadav

१८ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रीपरिषद् बिस्तार गरेका छन् । यो बिस्तारसँगै नेकपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धन भएको सरकार दुई तिहाईको भएको छ । बिस्तारित मन्त्रीपरिषदमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन भने मोहम्मद इस्तियाक राईन शहरी बिकास मन्त्री बनेका छन । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले यादब र राईले मन्त्री नियुक्त गर्नुभएको छ। यस्तै प्रधानमन्त्री अाेलीले यसअघि रक्षामन्त्री मात्र रहेका इश्वर पोखरेललाई दोस्रो बरियतामा रहने गरी उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । उपेन्द्र यादव बरियतामा तेस्रो नम्बरमा रहनेछन् । यस्तै यसअघि संचारराज्यमन्त्रीमा सिमित गोकुल बाँस्कोटालाई बढुवा गरेर संचार मन्त्रीकै जिम्मेवारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here