विश्वकप फूटबलबारे आ-आफ्ना दाबी, यस्तो छ नेपाली समय तालिका

0
737

१८ जेष्ठ, काठमाडौं । रसियामा हुन लागेको विश्वकप फूटबल २०१८ आउन पुगनपुग दई साता बाँकी रहँदा आ-आफ्नै आंकलन सुरु भएका छन् । कोही जर्मनी, कोही ब्राजिल, कोही अर्जेन्टिना त कोही पोर्चुगलजस्ता देशको समर्थनमा देखिएका छन । आंकलन विश्कप उपाधि जित्न मूलुकको मात्र होइन गोल्डेन बुट  र गोल्डेन बल कसले पाउँला भन्ने पनि भइरहेका छन् । गोल्डेन बुट र बलको आंकलनमा यसपालि पनि विगतमा जस्तै क्लव फूटबलबाट संसारभर शनशनी मच्चाइरहेका खेलाडीहरु नै अग्रपंतिमा देखिएका छन् । अर्थात अर्जेन्टिनी लियोनल मेसी, ब्राजिलियन नेइमार र पोर्चुगिज रोनाल्डो अहिले पनि चर्चामा रहेका छन् । ३२ वटा राष्ट्रहरूले आठ वटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् । युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भाग लिने छन् । यस्तै एसियाबाट ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू सहभागी हुनेछन् । अफ्रिकाबाट भाग लिने राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन । उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेका छन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

प्रतियोगिताको तालिका नेपाली समयअनुसार

३१ जेठ २०७५

साँझ ८:४५, रुस र साउदी अरेबिया, पहिलो समूह

१ असार २०७५

साँझ ५:४५, इजिप्ट र उरुग्वे, पहिलो समूह
साँझ ८:४५, मोरक्को र इरान, दोस्रो समूह
राति ११:४५, पोर्चुगल र स्पेन, दोस्रो समूह

२ असार, २०७५ 
साँझ ५:४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ६:४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह
राति ९:४५, पेरु र डेनमार्क, तेस्रो समूह
राति १२:४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह

३ असार, २०७५ 
साँझ ५:४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह
साँझ ८:४५, जर्मनी र मेक्सिको, छैटौं समूह
राति ११:४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५ 
साँझ ५:४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह
साँझ ८:४५, बेल्जियम र पानामा, सातौं समूह
राति ११:४५, टिउनेसिया र बेलायत, सातौं समूह

५ असार २०७५ 
साँझ ५:४५, कोलम्बिया र जापान, आठौं समूह
साँझ ८:४५, पोल्याण्ड र सेनेगल, आठौं समूह
राति ११:४५, रुस र इजिप्प, पहिलो समूह

६ असार २०७५ 
साँझ ५:४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह
साँझ ८:४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह
राति ११:४५, इरान र स्पेन, दोस्रो समूह

७ असार २०७५ 
साँझ ५:४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ८:४५, फ्रान्स र पेरु, तेस्रो समूह
राति ११:४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह

८ असार २०७५ 
साँझ ५:४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह
साँझ ८:४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह
राति ११:४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार २०७५ 
साँझ ५:४५, बेल्जियम र टिउनेसिया, सातौं समूह
साँझ ८:४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह
राति ११:४५, जर्मनी र स्वीडेन, छैटौं समूह

१० असार २०७५ 
साँझ ५:४५, बेलायत र पानामा, सातौं समूह
साँझ ८:४५, जापान र सेनेगल ९आठौं समूह
राति ११:४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह

११ असार २०७५ 
साँझ ७:४५, उरुग्वे र रुस, पहिलो समूह
साँझ ७:४५, साउदी अरेबिया र जापान, पहिलो समूह
राति ११:४५, स्पेन र मोरक्को, दोस्रो समूह
राति ११:४५, इरान र पोचुगल, दोस्रो समूह

१२ असार २०७५ 
साँझ ७:४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह
साँझ ७:४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह
राति ११:४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह
राति ११:४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

१३ असार २०७५ 
साँझ ७:४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह
साँझ ७:४५, मेक्सिको र स्वीडेन, छैटौं समूह
राति ११:४५, सर्बिया र ब्राजिल, पाँचौं समूह
राति ११:४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

१४ असार २०७५ 
साँझ ७:४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७:४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११:४५, पानामा र टिउनेसिया, सातौं समूह
राती ११:४५, बेलायत र बेल्जियम, सातौं समूह

आठ वटा समूह रहेको प्रतियोगितामा समूह चरणका खेल सकिएपछि प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने फाइनल खेल असार ३१ मा हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here