चेन्नाई सुपरकिंग्सलाई तेस्रो पटक आइपीएलको उपाधि

0
856

१४ जेष्ठ, काठमाडौं । चेन्नाई सुपरकिंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि तेस्रो पटक  जितेको छ । आइतबार राति वानखेडे मैदानमा भएको ११ औं संस्करणको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भएको छ । टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको विजय लक्ष्य चेन्नाईले १८ ओभर ३ बलमा २ विकेटको क्षतिमा हासिल गर्‍यो । आईपीएलको उपाधि तेस्रोपटक जित्ने क्रममा ओपनर शेन वाटसेनको प्रदर्शन शानदार रह्यो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका वाटशनले नटआउट ११७ रनको योगदान गरे । ५७ बल सामना गरेका उनले ११ चौका र ८ छक्का प्रहार गरे । उनी म्यान अफ दि म्याच भए । यसअघि पहिले व्याटिङ गरेको हैदरावादका लागि केन विलियम्सनले ४६ रन बनाए । युसुफ पठानले नटआउट ४५ रन बनाए पनि यो जितका लागि पर्याप्त भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here