नेकपा द्वारा मुख्यमन्त्री लालबाबु लाई दिएको समर्थन फिर्ता

0
987
????????????????????????????????????

जनकपुर | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको छ ।
बैशाख २७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा उनले दिएको विवादित भाषणको कारण देखाउँदै नेकपाले समर्थन फिर्ता लिएको हो ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा सबैभन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टीले लालबाबुर राउत नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।
सांसदद्धय सत्यनारायण मण्डल र रामचन्द्र मण्डलले सरकारलाई नेकपाले दिएको समर्थन फिर्ता लिएको जानकारी संसदलाई दिएका हुन् ।
तत्कालीन माओवादी केन्द्रकातर्फबाट सांसद रामचन्द्र मण्डलले राउत नेतृत्वको सरकारको समर्थन फिर्ता लिइएको जानकारी दिँदै भने ‘मोदी आउँदा मुख्य प्रतिपक्षीलाई बेवास्ता गरियो । ‘सरकारले हामीलाई बेवास्ता गरेका कारण हामीले यस्तो कमद चालेका हौँ, आजैदेखि सरकारको समर्थन फिर्ता लिएका छौँ ।’
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला लालबाबुले दिएको अभिव्यक्ति विवादित बन्न पुगेको थियो ।
मोदीको अभिनन्दनका बेला मुख्यमन्त्रीले भनेका थिए ‘राज्यद्वारा मधेसीमाथि जारी विभेदकारी नीति र पूर्वाग्रह एवम् विद्वेषपूर्ण मानसिकताको कारणले नै मधेसका जनता तुलनात्मक रूपले अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शासित एवम् उत्पीडित जीवन जिउनका लागि बाध्य छन् । मधेस विकासको मामलामा निकै पछाडि परेको हो । हाम्रो सङ्घर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ । हामी नेपालको अभिन्न अङ्ग हौँ तर हामी के चाहन्छौँ भने हाम्रो देशमा पनि बिना भेदभावपूर्ण, कुनै पनि जाति, वर्ग र समुदायको व्यक्ति राज्यको हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले समावेशका लागि सहज अवसर प्राप्त होस् । जस्तो कि महामहीम तपाईं एक समान्य परिवारको हुँदाहुँदै पनि भारतको सर्वोच्च कार्यकारी पद आसिन हुनुहुन्छ । ’
मोदी भ्रमण संम्बन्धमा संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादा विपरीतको अभिव्यक्ति आएको बताएका थिए ।
आलीले भनेका थिए–‘नेपाल सरकारको परराष्ट्र सम्बन्ध सञ्चालन गर्नेबाट यो भएको होइन । नेपाल भारतका सम्बन्धमा हाम्रो नीति स्पष्ट सम्बन्ध छँदै छ ।’
त्यपछि केन्द्र सरकारले मुख्यमन्त्री राउतको अमेरिका भ्रमण अस्वीकृत गरेको थियो ।
त्यसपछि बिकास भएको घटनाक्रम अन्तर्गत आज नेकपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here