ठेकेदार बिरुद्ध प्रहरी कारवाही बन्द नगरे आन्दोलन गर्ने, निर्माण व्यवसायी

0
666

काठमाडौं | पछिल्लो समय प्रहरीले आफ्ना ब्यवसायीहरुलाई प्रहरी कार्बाही गरिएको भन्दै निर्माण व्यवसायी हरुले आपत्ति जनाएका छन् ।
निर्माण व्यवसायीहरुले आफूहरुलाई प्रहरी कारवाही गर्ने लगायतका काम तत्काल बन्द नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीहरुलाई धरपक्कड गर्ने, प्रहरी कार्वाही गर्नेलगायतका काम तत्काल बन्द नगरे न्यायको खोजीमा अदालत जान बाध्य हुने चेतावनी दिएको हो ।
आज काडमाण्डौमा पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सरकारले निर्माण व्यवसायीहरुलाई प्रहरी कार्वाही गर्नेलगायतका काम बन्द गर्नुपर्ने र तत्काल बन्द नगरे न्यायको खोजीमा अदालत जान बाध्य हुने चेतावनी दिएका छन् ।
महासंघले गृहमन्त्री रामबहादुर थापाले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएपछि निर्माण व्यवसायीहरु सरकारप्रति आक्रोशित भएका छन् ।
महासंघले ठेक्का सम्झौता बमोजिम भइरहेको काममा सरकारी तहबाटै अवरोध पु¥याउने काम भइरहेको भन्दै आपत्ति पनि जनाएको छ । महासंघका अध्यक्ष श्रेष्ठले चन्दा माग्नेलगायतका काम तत्काल बन्द गरेर निर्माणको काम गर्न आवश्यक शान्ति, सुरक्षाको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here