झापाका किराती एकै ठाऊँ भेला भई साकेला समापन

0
915

३ जना सासंद सहित २१ जना सम्मानित
१२ जेष्ठ, २०७५
दमक/झापाको कमल गाऊँ पालिकाको सितापुरीको जंगल परिसरमा आज किरातीहरुको उभौली कार्यक्रम जिल्ला भरीका किराती एकै ठाऊँ भेला भएर बृहतरुपमा समापन गरिएको छ । संघीय गणतन्त्र नेपालमा पुख्र्यौली भूमीको पहिचान, किरात प्रदेश निर्माण गर्ने हाम्रा अभियान भन्ने नाराका साथ किरात यायोक्खा झापा जिल्ला कार्य समितिको आयोजनामा कार्यक्रम भएको हो । साकेला उभौली २०७५ तथा किराती सम्वत् येलेदोङ ५०७८ लाई जिल्ला भरी छरिएर रहेका किरातीहरुले विविध कार्यक्रम सहित मनाएका छन् । कार्यक्रममा सभाषद मेहन्द्रकुमारी लिम्बु, प्रदेश नम्बर १ का प्रदेश सभाषद अर्जुन राई, इन्दिरा राई सहित २१ जना सामाजिक तथा राजनैतिक अगुवाहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान समेत गरिएको छ ।
किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तिलक राईले सम्मान पत्रले सम्मान गर्नु भएको छ । कार्यक्रममा झापाका विभिन्न क्षेत्रका २६ वटा समूहले साकेला नृत्य प्रस्तुत गरेका छन् । कार्यक्रममा सासंद महेन्द्रकुमारी लिम्बु, अर्जुन राई, नेपाल आदिवासी जनजाति महासंघका महासचिव नित्यनन्द ताजपुरिया, राजनैतिक तथा सामाजिक अगुवा दिलिप राई, हुकुमसिंह राई, जितमान राई लगायतले नेपालीहरुले सवैको पहिचान स्थापित गर्न आ–आफ्नो स्थानबाट उठ्नु पर्नेमा जोड दिइएको छ । साकेला थान परिसरमा जिल्ला भरीका किरातीहरुको ठूलो संख्यामा उपस्थिती रहेको छ । परिसर क्षेत्र भित्र लागेको एक दिने मेलामा खेल तमसा, साँस्कृतिक नृत्य, साँस्कृतिक सामाग्रीका स्टल, जातीय परिकारका स्टल समेत संचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here