दमक बजार क्षेत्रका सुकुम्वासीलाई पुन जवरजस्ती गरिए कडा आन्दोलन गरिने चेतावनी

0
1070

पक्राउ परेका तामाङलाई दमक नगरपालिकाले उपचार गर्नु पर्ने
१२ जेष्ठ, २०७५
दमक/झापाको दमक वडा नं. ७ मा विचल्नी परेका सुकुम्वासीको समस्याप्रति ५ राजनैतिक दलले उचित व्यवस्थापनमा पहल गर्ने भएका छन् । आज प्रभावित क्षेत्रमा नेपाली काँग्रेशकी समानुपाति सभाषद मेहन्द्रकुमारी लिम्बुले कुनै पनि हालतमा पीडितको उचित न्याय र व्यवस्थापनमा लागि पर्ने बताउनु भयो । लिम्बुले कार्यक्रममा बोल्दै दमक नगर पालिकाले पीडितको उचित क्षतिपुर्ती सहित गाँस, बास र कपासको ग्यारेन्टी नगरी विचल्नी पार्न नहुने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेश पार्टी, संघीय समाजवादी फोरम नेपाल, संघीय लिम्बुवान मञ्च, नयाँ शक्ति पार्टी, जनमुक्ती पार्टी सहितको ५ पार्टीले दमक नगरले चालेको कदम निन्दनीय भएको बताएका छन् । कार्यक्रममा फेरि पनि सुकुम्बासी नागरिकप्रति उचित व्यवस्थापन विना यस्तो हर्कत गरे कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । कार्यक्रम स्थलमा पदम बहादुर माझीले आफूले पूर्खा देखि आफ्नो नाममा भएको जग्गा दमक नगर पालिकाले अतिक्रमण गरेको भन्दै सो को छानविन गरेर न्याय दिलाउन माग गर्दै आवश्यक प्रमाण समेत सासंदलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा प्रभावित क्षेत्रका अगुवा शिक्षक मिठ्ठु तामाङको यातना दिएर भएको अस्वस्थ्यता प्रति नगरपालिकाले जिम्मेवार लिएर उपचार गर्नु पर्ने सासंद लिम्बुले बताउनु भयो । कार्यक्रम पछि जिम्मेवार नेतृत्वले तामाङको घरको अवस्था र अवलोकन समेत गरेको छ । तामाङको दुई छोरा पूर्ण अपाङ्ग र विरामी रहेको अवस्थामा पनि विधुत लाइन काट्ने कार्य अति अमानवीय भएको बताइएको छ । 
कार्यक्रममा जन मुक्ती पार्टीका अविन लिम्बु र लिम्बुवान
पार्टीका याम लिम्बुले सुकुम्बासी प्रति दमक नगर पालिकाले गरेको व्यवहार अति अलोकतान्त्रिक र निरंकु्श भएको टिप्पणी गर्नु भयो । कार्यक्रममा विधुत लाईन काटेको क्षेत्रमा तत्काल लाइन उपलव्ध गराउँन सरोकारवाला पक्षलाई आग्रह समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here