सुन तस्कर गोरेको बयान अझै जारी

0
805

११ जेठ, काठमाण्डौ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’को बयान आइतबारसम्मका लागि लम्बिएको छ । काठमाण्डौबाट पक्राउ परेको भोलिपल्ट गत मंगलबारदेखि दैनिक ५ घण्टाजति भइरहेको बयान शुक्रबार पनि नसकिएपछि आइतबारसम्मका लागि धकेलिएको हो ।

भोलि शनिबार सार्बजनिक बिदा परेकाले उनको बयान आइतबारबाट पुनः सुरु हुनेछ । आइतबार गोरे समूहले सनम शाक्यलाई दिएको यातनाको भिडियो देखाएर थप बयान लिने तयारी भएको बुझिएको छ । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ । सुन काण्डमै संलग्न भएको आरोपमा बिहीबार राति उर्लाबारीबाट पक्राउ परेका रेवत आचार्यलाई पनि अनुसन्धानका लागि १० दिनको म्याद थपिएको छ । आचार्यलाई गोरेले दिएको बयानका आधारमा प्रहरीले पक्राउ गरेको हो । सुन तस्करी र सनम हत्या प्रकरणमा गत वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६५ जनाको नाममा मुद्दा दर्ता गरिएकोमा ३२ जनालाई अदालतमा उपस्थिति गराइसकिएको छ । अरु ३३ जना अहिलेसम्म पनि फरार रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here