भाँडियो उत्तर कोरिया अमेरिका बार्ता

0
762
तस्बिरःबीबीसी

११ जेष्ठ, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली सर्बोच्च नेता  किम जङ-अनसँग आउदो जुनको दोस्रो साता सिंगापुरमा हुने भनिएको भनिएको शिखरवार्ता भाँडिएको छ । उत्तर कोरियाली नेता किमले केही समययता आफ्ना टिप्पणीहरूमा चरम आक्रोश र खुल्ला वैरभाव पोखेकाले उनीसँग अहिले भेट्नु उपयुक्त नभएको अमेरिक राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन । किमलाई सम्बोधन गरिएको एउटा पत्रमा ट्रम्पले अहिले हुने भनिएको शिखर बार्ता रद्द हुँदा कोरियाले मात्र नभएर विश्वले दीर्घकालीन शान्तिको ठूलो मौका गुमाएको उल्लेख गरेका छन् । किम र ट्रम्पको जुन १२ हुने भनिएको सम्भावित भेटपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू त्याग्ने अपेक्षा गरिएको थियो। उत्तर कोरियाले पारमाणविक अस्त्र परीक्षणस्थलमा रहेका सुरुङहरू नष्ट गरेको केही घण्टामै ट्रम्पले वार्ता स्थगित भएको घोषणा गरेका बीबीसीले जनाएको छ । ट्रम्पको यो घोषणालाई उत्तर कोरियाले भने दुःखद भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here