साढे ३३ किलो सुन काण्डः कठघरामा गोरे (भिडियोसहित)

0
758

९ जेष्ठ, काठमाण्डौ । सनम हत्या र साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती उर्फ गोरेको मोरङ जिल्ला अदालतमा बयान थालिएको छ ।

आज (बुधबार) बिहान ११ बजेदेखि ४ बजेसम्म ५ घण्टा भएको बयानमा गोरेलाई १५३ पृष्ठको अभियोग पत्र सुनाईएको छ । यसअतिरिक्त अभियोग पत्रमा उल्लेख गरिएका ६३ जना ब्यक्तिहरुसंगको सम्बन्ध र चिने/नचिनेको बिषयमा समेत सोधपुछ भएको छ । बयानका क्रममा सनम शाक्य सहितका भरियाहरुलाई गोरे समुहले यातना दिएको भिडियो देखाउन भने गोरेका वकिलले बिरोध गरेको जनाइएको छ । बयानका क्रममा गोरेले आफूलाई हिरातसमा असुरक्षा भएको भन्दै मानवअधिकारकर्मीको निगरानीमा मात्र हिरासतमा राख्न अपिल गरेका छन् । भोलि बिहिबारसम्म बयान सकिएपछि गोरेको पक्ष र बिपक्षमा बहस सुरु हुनेछ ।

गत माघ अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट साढे ३३ किलो सुन गायव भएपछि यसमा संलग्न भरिया भनिएका सनम शाक्यको करेन्ट लगाएर गोरे समूहले हत्या गरेपछि यो बिषय थप सतहमा आएको थियो । अझ सुन तस्करीकै बिषयमा नेपाल प्रहरीका बहालवाल एसएसपीदेखि पूर्ब डिआइजीसमेतको संलग्नता भन्दै प्रतिवादी बनाइएपछि यो बिषय थप रहस्यमय बन्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here