मणिपुरमा साहित्यिक चर्चा र संगोष्ठी सम्पन्न

0
1156

 Post Report: May 21, Manipur.
भारतको मणिपुर, नेपाली साहित्यको राम्रै प्रभाव भएको स्थान हो | यहाँ कला साहित्य सम्बन्धि भिभिन्न माध्यमबाट, विविध तरिकाबाट सृजनाम्तक कार्य भइरहन्छ | यस्तै एउटा स्मरणयोग्य सृजनशीलताको नमुना ‘सिरोई सिर्जनापनि हो | तीन वर्षबाट निरन्तर भई २० अंक प्रकाशनमा आएर जनवरी २०१८ बाट कारणवश प्रकाशन रोकिएको थियो | यसैको निरन्तरता हेतु ६ जेष्ठ, गत आइतबारको दिन यसै मासिक पत्रिका ‘सिरोई सिर्जना’लाई द्विमासिकमा रुपान्तरण गर्दै पुन: प्रकाशनमा आएको विशेष जानकारी सहित सिरोईकै सभागृहमा साहित्यिक चर्चा र संगोष्ठी सम्पन्न भएको छ |

       उक्त पत्रिकामा सम्पादक मण्डलीमा युवा शन्तोष लुईटेल, दिपक पन्थ र सृष्टी पौड्याल पन्ध रहनेगरि बरिष्ट लेखक रामप्रसाद पौड्याललाई सल्लाहकारको रूपमा लिएको छ | कार्यकारिणी सम्पादकमा भने होमनाथ चापागाईं, सीतादेवी छेत्री र बसन्ती पौड्याल रहने छन् | डा. टंकपनाथ खतिवडाको सभापतित्वमा संचालित उक्त कार्यक्रममा दिलिप कुमार कटवाल, एस.ओ. पी.डब्लू.डी. मणिपुर सरकार एवं संरक्षक, प्रा. प्रेसिडेन्सी काँलेज एवं सल्लाहकार सिरोई सिर्जना, विशिष्ट अतिथिहरूमा देवीप्रसाद शिवाकोटी, अध्यक्ष भा.गो.प. मणिपुर राज्य शाखा, संरक्षक सिरोई सिर्जना, विरिष्ट लेखक रामप्रसाद पौड्याल आदि व्यक्तित्वहरूले मुख्य अतिथ्यको आसनग्रहण गरेका थिए |
सिरोई सिर्जना निष्पक्ष साहित्यिक धरातलमा उभिन्ने र सकारात्मक ढङ्गले निरन्तर साहित्य सेवामा समर्पित हुने साथै वर्तमान साहित्यमा स्थानीयवोध कतिको हुदै छ भन्ने सन्दर्भमा ४५ मिनट लामो महत्वपूर्ण अन्तरक्रिया साथै रचना वाचन कार्यक्रमको आकर्षण रहेको थियो |

सिरोई सिर्जनाकी प्रकाशिका अन्जना राई, मणिपुरमा ८०कै दशकदेखि कलम चलाउने खड्काप्रशाद शिवाकोटी, युवा कबि कृष्ण पाठक, नायिका अनुराधा लोहार, सिरोईका शुभ चिन्तक केवल विष्ट आदि व्यक्तित्वहरू पनि उपस्थित थिए | सम्पादक शन्तोष लुईटेलले कार्यक्रम संचालन गरेका थिए भने सामाजिक संजाल फेसबुक मार्फत प्रत्येक्ष प्रशारण पनि गरिएको थियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here