आइपीएलमा शनशनी मच्चाएका सन्दिप फर्किए नेपाल

0
913

८ जेष्ठ, काठमाण्डौ । आइपीएल क्रिकेटमार्फत संसारभर कहलिएका नेपाली क्रिकेटर सन्दिप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । दिल्ली डेयर डेभिल्समा आवद्ध भएर एक महिनाअघि भारत पुगेका सन्दीपले अन्तिम ३ खेलमा पाएको मौकालाई उत्कृष्ट प्रदर्शन गरेर संसारभर ख्याति कमाएका थिए । प्रतियोगिताबाट बाहिरिसकेपछि अन्तिम ३ खेलमा मौका पाएका सन्दिपले १२ ओभर बलिङ गर्दै ८२ रन खर्चेर ५ विकेट लिएका थिए । अन्तिम खेलमा मुम्बइबिरुद्ध उनले उपयुक्त समयमा लिएका तीन विकेटको मुम्बई पराजित हुँदै प्लेअप खेल्न समेत बञ्चित भएको थियो । नेपाल फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आईपीएलमा आफूले लिएको अनुभवलाई नेपाली क्रिकेटमा उपयोग गर्ने बताएका छन् । उनलाई स्वागत गर्न नेपाली राष्ट्रिय क्रिकेट टोलिका कप्तान पारस खड्कासहित सयौ खेलप्रेमी बिमानस्थलमा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here