छापामार शैलीमा सुकुम्बासीलाई खेदाउँन खोजिएको आरोप

एकजना पीडित पक्राऊ गरेको प्रति आपत्ती

0
1125

एकजना पीडित पक्राऊ गरेको प्रति आपत्ती

७ जेष्ठ २०७४/डिकेश लामा
दमक/झापाको दमकमा गत शनिबार दमक नगर पालिकाले डोजर लगाएर पसल तथा घर भत्काएको विषयलाई लिएकार आज पीडित पक्षले पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा अधिकाशं पीडितहरुले दमक नगर पालिकाले छापामार शैलीमा घेराबन्दी भित्र राखेर सुकुम्बासीहरुको घर तथा गरी खाने भाँडो भत्काएको बताएका छन् । सम्मेलनमा सुकुम्बासी क्षेत्रका जान्ने बुझ्ने पाको व्यक्ति मिठु तामाङलाई विना पक्राउ पुर्जी पक्राउ गरेर लगेको प्रति पीडीतहरुले आपत्ती प्रकट गरेका छन् । यस विषयमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिपक गिरीले भने अनुसन्धानका लागि ल्याइएको बताउनु भयो ।
यस्तै दमक नगर पालिकाले २०६१ सालमा भोगाधिकारको रुपमा लिएको जग्गा दमक नगरको नभई पदमबहादुर माझीको जग्गा भएको दावी गरेका छन् । ७२ बर्षीय इन्द्रमाया खड्काले आफूहरुलाई जाने स्पष्ट ठाऊँ देखाउँन माग गर्नु भयो । बृद्धा खड्काले २००७ साल देखि आफूहरुले झाडी हटाएर सो स्थानमा बस्दै आएको दावी गर्नु भयो । पीडित लक्ष्मी मगरले जवजस्ती गरेर घरबारबीहिन बनाउने हो भने सुकुम्बासी पीडितहरुलाई शरणार्थी घोषणा गरोस् भन्दै आक्रोस पोख्नु भयो । मगरले प्रहरीले डण्ठाको वेरा लगाएर महिलाहरुलाई हातपात समेत गरेको बताउनु भयो । 

सम्मेलनमा पुन नगर पालिकाले आफूहरुलाई उचित व्यवस्थापन विना घर भत्काएर खेदाउने कार्य गरे, आफूहरु पनि आन्दोलनमा उत्रने बताएका छन् ।
यता दमक नगर पालिकाले आज प्रेश विज्ञप्ती जारी गर्दै पटक पटक सूचना जारी गर्दा पनि अटेर गरे पछि बाध्य भएर टहराहरु भत्काएको बताएको छ । विवादित जग्गा कानुनीरुपमा दकम नगर पालिकाकाको भोगाधिकार भएको दमक नगर पालिकाका मेयर रोमनाथ ओलीले बताउनु भयो । वम काण्डको विषयमा मेयर ओलीले आधिकारिक कदम चालिसकेको बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here