दमकमा वडा अध्यक्ष पौड्यालको घरमा बम विष्फोट

विष्फोटबाट २ जना घाइते

0
1249

विष्फोटबाट २ जना घाइते    

Injured Shyamu rai on the bed at lifeline Hospital.ICU
Injured Tilochan Pokhrel

७ जेष्ठ २०७४
दमक/दमक वडा नम्बर –७ का वडाध्यक्ष भीम पौड्यालको घरमा गए राती अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटको छर्रा लागेर एक महिलासहित दुई जना घाईते हुनुका भएका छन् । वम विष्फोटबाट पक्की घरको चेनगेट भित्तामा क्षति समेत भएको छ ।
इलाका प्रहरी कार्यालय दमकदेखि ५ सय मिटर पूर्वमा रहेको वडाध्यक्ष पौड्यालको पक्की घरलाई लक्षित गरि घरको मुल चेन गेटमा नै शक्तिशाली विष्फोट गराईएको हो । विष्फोट गराउनेको पहिचान खुल्न नसकेको इलाका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छर्रा लागेर छिमेकीको घरमा पाहुना खान आएकी श्यामु राई र उनका श्रमिान तिलोचन पोख्रेल घाईते भएका छन् । घाइतेको हात, खुट्टामा र तिघ्रामा चोट लागेको छ । घाईतको तिघ्राबाट वमका केही छर्रा समेत निकालेको लाइफ लाईन अस्पतालले जानकारी दिएको छ । घाईते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । करिव साढे ८ बजे तिर आफन्त कुमारी भट्टराई (राई)लाई भेटेर आफ्नो घर दमक वडा नं. ८ मा जानेक्रममा एक्कासी विष्फोट हुँदा करेन्टको झड्का जस्तो गरेर बमको छर्राले हुत्याएर पछारेको घाइते पोख्रेलले बताउनु भयो । 

House of Bhim Prd Poudel, president of Damak municipality wada no 7

प्रहरीले घटनाको बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । तर हालसम्म घटनाबारे केही पनि खुल्न सकेको छैन । हिजो दमक नगर पालिकाले दमक वडा नं. ७ मा लामो समय देखि बसोवास गर्दै आएका सुकुम्बासीलाई बलजफ्ती उठाएको प्रति खेद प्रकट गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले चेतावनी सहितको विज्ञप्ती जारी गरेको छ । यस्तै संघीय समाजवादी फोरम नेपाल दमक नगर समितिले समेत उचित व्यवस्थापन नगरी पुन जर्वजस्ती अगाडि बढ्न खोले आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । 

राप्रपाले र्याली सहित बुझायो ज्ञापन पत्र

दमकमा भएको बम विष्फोटको विषयलाई लिएर आज राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिले नारा जुलुस सहित दमक नगर पालिका र इलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । लामो द्वन्द्व पछि मुलुकले नयाँ संविधान प्राप्त गरे पछि पनि नागरिकको सुरक्षा र सभ्य शान्ति समाज निर्माण गर्न सरकार चुकेको बताएको छ । कार्यक्रममा बोल्दै पार्टीका दमक नगर समिति सचीव अर्जुन रेग्मीले नगर समितिका अध्यक्ष तथा जन निर्वाचित वडा अध्यक्ष भिमप्रसाद पौडेलको घरमा भएको घटनाबारे तत्काल दोषी उपर कार्वाहीको माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै मेयर रोमनाथ ओलीले आधिकारिक कार्वाही चालिसकेको बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here