अमेरिकामा पूनर्वास भएका नेपालीभाषी भूटानीले बृहत साँस्कृतिक कार्यक्रम गर्ने

0
1136

कार्यक्रमले कलकारबीच सुमधुर सम्बन्ध र एकतात्मक भावनाको विकास हुने

६ जेष्ठ २०७४/ग्लोवलपोष्ट समाचार
अमेरिका/ अमेरिकाको जर्जिया एटलान्टामा पुनर्वास भएका नेपालीभाषी भूटानीहरुले बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् । तेस्रो मुलुकमा रहेका भूटानीहरुको प्रतिभा उजागर र प्रफुटन गराउने तथा कलाकर्मीबीच प्रगाढ सम्बन्ध बनाउँदै एकतामा ल्याउन कार्यक्रमको तयारी गरेको आयोजक भूटानी अमेरिकन सांगीतिक एशोसियशनले जानकारी दिएको छ ।
आगामी मे महिनाको २६ र २७ तारिखमा हुने कार्यक्रममा विभिन्न स्टेटमा रहेका भूटानी दर्जनौं भूटानी कलाकारहरुको सहभागिता हुने आयोजकले जानकारी दिएको छ । यस अघि सिनसिनीटीमा भएको कन्फरेन्समा ७० जना विभिन्न स्टेटका कलाकारहरुले भाग लिएका थिए ।
कार्यक्रममा भाग लिने कलाकारहरुले अग्रिम फारम भर्ने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । आयोजकका अध्यक्ष विकास राईका अनुसार यो वृहत कार्यक्रमले भूटानी कलाकारमा सामिप्यता र एकताको भावना सृजना गर्ने छ ।
कार्यक्रममा सहभागी हुनेले कार्यक्रम संचालनार्थ २० डलर दस्तुर समेत तिर्नु पर्ने बताइएको छ । यो दस्तुरले कार्यक्रम संचालन र व्यवस्थापनमा सहयोग पुग्ने आयोजकले जानकारी दिएको छ ।
पछिल्लो समय अमेरिकामा पुनर्वास भएका करिव १ लाख हाराहारीमा धेरै कलाकारहरु उत्पादन भईसकेका छन् । पूनर्वास अघि भूटानी शरणार्थी शिविरमा बस्दा समेत धेरै कलाकारहरुले नेपाली साँगीतिक क्षेत्रमा उच्च नाम कमाईसकेका छन् ।
यो कार्यक्रममा भूटानी कलाकारिता क्षेत्रमा भए गरेका विषयबस्तुलाई कार्यपत्रकोरुपमा प्रस्तुत समेत गरिने बताइएको छ । कार्यक्रमबाट विशेष टीम तयार गरी आगामी दिनमा नेपाली साँगितीक क्षेत्रको विकासमा थप सुदृढ विकास गर्न सकिने आयोजकले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here