सन्दीपले लिए ३ विकेट दिल्लीको ११ रनको जित

0
732

आफु प्लेईङ ११ मा रहेको तेस्रो खेलमा नेपाली युवा स्पिनर सन्दिपको सानदार प्रदर्शन रहयो । एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले सानदार प्रदर्शन गरेका आफुलाई प्रमाणीत गरेका छन् ।
आइतबार नयाँ दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा सम्पन्न दिल्ली डेयरडेभिल्स र मुम्बई इण्डियन्सको खेलमा दिल्लीका तर्फबाट मुम्बईका ३ विकेट चट्काएका छन् ।
पहिलो ओभरको चौथो बलमानै मुम्बईका सूर्यकुमार यादवलाई आउट गरेका सन्दिपले १० औं ओभरमा किरोन पोलार्डलाई र क्रुनाल पाण्ड्यालाई आउट गरे । पोलार्ड ९.१ र क्रुनाल ९.४ ओभरमा आउट गरेका थिए ।

४ ओभर खेलेका सन्दिपले जम्मा ३६ रन खर्चिएका थिए ।

यसअघि सन्दिपले विराट कोहलीको रोयल च्यालेञ्जर्स बेंग्लोर र महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सको समान १–१ विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here