दमक बजारका १ दर्जन बढी पसल बलपूर्वक भत्काइए, केही परिवारको विचल्नी (भिडियो सहित)

नगरले केही नभएकाहरुलाई विचल्नी पार्न नचाहेको मेयर ओलीको भनाइ

0
2149

नगरले केही नभएकाहरुलाई विचल्नी पार्न नचाहेको मेयर ओलीको भनाइ

 
५ जेष्ठ २०७४/डिकेश लामा
दमक/ झापाको दमकमा लामो समय देखि विवादमा रहेको जग्गामा संचालित पसलहरु आज दमक नगर पालिकाले बलपूर्वक भत्काएको छ । दमक वडा नं. ७ बजार क्षेत्रमा रहेको १ दर्जन बढी पसलहरु दर्जनौं प्रहरीको उपस्थितिमा बलपूर्वक भत्काईएको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरी लगाएर जर्वजस्ती पसल भत्काउँदा केही परिवारको बसोवास गर्ने घर समेत भत्किएकोले विचल्नीमा परेका छन् ।
विक्रम सम्बत २०६१ साल बैशाख १७ गते दमक नगर पालिकाले मन्त्रि परिषदको निर्णयबाट भोगाधिकार लिएको प्रमाणका आधारमा व्यापरिक भवन निर्माण गर्ने योजना यस अघि नै तय गरेको नगर पालिकाले बताउँदै आएको छ । गत माघ महिनामा स्काभेटर लगाएर पसल भत्काउँन खोज्दा स्थानीय बासिन्दाले रोक पछि वढेको विवाद पटक पटकको छफलफलबाट समेत निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।
जर्वजस्ती घर र पसल भत्काए पछि केही परिवारको भरे बस्ने ठाउँ समेत नभएको पीडित महिला मञ्जु चौधरीले रुदैं बताउनु भयो । बाजेले २००७ साल देखि भोगचास गर्दै आएको जग्गाको घरधुरीकर समेत नगर पालिकामा तिरेको बताउने लक्ष्मी मगरले गरीवहरुलाई दमक नगर पालिकाले अन्याय गरेको बताउनु भयो । यस्तै स्थानीय सामािजक अगुवा मिठ्ठु तामाङका अनुसार सेना लगाएर नागरिकको घर तथा पसल भत्काउनु अलोकतान्त्रिक भएको दावी गर्नु भयो ।

लामो समय देखि बसोवास गर्दै आएका केही स्थानीय बासिन्दाका अनुसार सो जग्गा शुरुमा हरिमाया माझीको नाममा रहेको दावी गर्दै आएका छन् । यस अघि जग्गा धनी माझीका नामबाट हकदार हाल कि. नं. ९९३ को १० कठ्ठा १६ धुर जग्गा पदम माझीको नाममा जग्गा धनी पुर्जा भएको र सो जग्गाको विक्रम सम्बत २०५४ सालसम्म मालपोत तिरेको रसिद समेत भएको जग्गा धनीले दावी गर्दै आएका छन् । यस अघि पदम बहादुर माझीले सो जग्गामा दमक नगर पालिकाले अतिक्रमण गरी भाडा उठाएर खाएको भन्दै न्यायका माग समेत गरेका छन् । २४ साल देखि बस्दै आएका सो क्षेत्रका अगुवा मिठु तामाङका अनुसार शुरुमा त्यो जग्गा व्यक्तिको नाम भएको र पछि दमक नगर पालिकाले अधिग्रहण गरेको बताउनु भयो । जग्गा कसको भन्ने विषयमा यस अघि २०६१ सालमा मात्र दमक नगर पालिकाको भोगाधिकार भएकोले व्यक्तिको जग्गा सरकारी पक्षबाट अधिग्रहण गरेर त्यहाँ बसोवास गर्ने सुकुम्बासीहरुलाई विचल्नीमा पार्न खोजिएको स्थानीय बासिन्दाहरुको दावी रहेको छ । नयाँ सरकारले चुनावमा भोट माग्दा सुकुम्बासी समस्या समाधान गर्छौ भनेको त जर्वजस्ती घर भत्काएर हटाउँछौं भनेको जस्तो भएको केही पीडितहरुले बताएका छन् । हामी सुकुम्बासीहरुको समस्या समाधान नगरेर उल्टै बल प्रयोग गरेर पुलिसको घेरामा जर्वजस्ती महिला तथा केटाकेटीलाई लछार पछार गर्दै घर तथा पसल भत्काउनु भनेको हदैसम्मको निरंकुश चरित्र भएको बताइएको छ ।

यता नगर पालिकाले भने सरकारले देशभर सार्वजनिक जग्गा खाली गराउने निर्देशन अनुसार आफूहरुले पटक पटक हट्नका लागि सूचना जारी गर्दा समेत अटेर गरेकोले सुरक्षाका लागि प्रहरीको उपस्थितिमा पसल भत्काएको बताएको छ । नगरले सरकारको स्वामित्वमा रहेको ११ कठ्ठा हाराहारीकोसो जग्गामा साढे ११ करोडको बजेटमा सपिङ्ग महल निर्माणको तयारी भएको दमक नगर पालिकाले जानकारी दिएको छ ।

नगरले जर्वजस्ती गरे आन्दोलनको चेतावनी
यसैबीच संघीय समाजवादी फोरम नेपालले आज दमक वडा नं. ७ को हाटखोलामा गरेको कार्यलाई तानाशाही शैली भएको भन्दै भत्र्सना गरेको छ । आज साँझ दमक नगर समितिका अध्यक्ष बासुदेव राईले विज्ञप्ती जारी गर्दै बर्षौ देखि बस्दै आएका सुकुम्बासीको टहरा भत्काउने कार्यलाई आफूहरु स्वीकार नगर्ने बताइएको छ । उचित व्यवस्थापन विना जवरजस्ती ढंगले दमक नगरले बस्ती उठाउने कार्य गरे आफूहरु आन्दोलनमा समेत उत्रने चेतावनी दिइएको छ ।

See live video story By GlobalPostTV

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here