काँकरभिट्टामा ‘राजाको नयाँ लुगा’

0
779

झापा, जोनस | पछिल्लो समय पूर्वमा नाटकको प्रदर्शन संख्यात्मक हिसाबले वृद्धि हुदै छ । पूर्वमा आउने नाटकहरु प्राय काठमाडौँमा प्रदर्शन भैसकेपछि टुरका रुपमा आउने गरेका छन् । पूर्वमै तयार भएका नाटकहरु धेरै छैनन् ।
काँकरभिट्टामा रहेको परिवर्तन थिएटरले भर्खरै ‘राजाको नयाँ लुगा’ नामक नाटक मन्चनमा ल्याएको छ् | काँकरभिट्टा स्थित टाउनहलमा मन्चनमा रहेको यस नाटक, प्रशिद्ध डेनिश लेखक हान्स क्रिस्टियन एन्डरसनले लेखेको कथामा आधारित छ । सगर खाती द्वारा निर्देशीत उक्त नाटकको परिकल्पना निर्लेशककै रहेको छ । उनको निर्देशन र परिकल्पना रहेको यो पहिलो नाटक हो ।
नाटकमा आफ्नो बाहिरी रुपमा ध्यान दिने र आफु सर्वमान्य हुनुपर्ने मान्यता भएका राजाका छन् । उनका निमित्त पोशाक बनाउन आएका दुइ घुमन्ते कपडा सिलाउनेहरु आईपुग्छन् । विवेक र बुद्धि भएका मान्छेले मात्र उनीहरुले बनाएको कपडा देख्न सक्ने तर्क गर्छन् । त्यसपछि राजाका निमित्त पोशाक सिलाउने अनुमति माग्छन् । दर्शकलाई सिधा सम्बोधन गर्दै कतिले त्यो पोशाक देख्न सक्ने र कतिले देख्न नसक्ने बताउदै नाटक सक्किन्छ ।
प्राय स्कुलका बालबालिकाहरुले अभिनय गरेको यस नाटकमा निर्देशकको भूमिका निर्वाह गर्न अलि मुस्किल भएको र आफुले भन्दा कलाकारहरुले उल्लेखनीय परिश्रम गरेको निर्देशकले हामीलाई जानकरी गराए ।
नाटकमा दिवेश लामिछानेले प्रकाश परिकल्पना लगायत परिचालन गरेका छन् । भने भेषभुशामा अभिषेक गर्तौला, मन्च सामग्री लगायत सेट निर्माण दिनेश राजवंशी र अभिषेक गर्तौलाले गरेका छन् । नाटकमा परिवर्तन थिएटरकी कविता नेपालको निर्देशन सहयोग रहेको छ्र । काकरभिट्टा स्थित टाउनहलमा यस नाटक २०७५, जेठ ४, ५ र ६ गते नियमित मन्चनमा हुने छ्र ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here