दक्षिण झापामा ४ वटा सडक एक साथ निर्माण शुरु हुने

0
1099

२ जेष्ठ २०७५/ डिकेश लामा
दमक/दक्षिण झापाका नागरिकले सडक अभावमा बर्षौ देखि भोग्दै आएको पीडा अव केही समय पछि कम हुने भएको छ । यस बर्ष देखि दक्षिण झापाका विभिन्न ग्रामिण क्षेत्रलाई जोड्ने कालो पत्रे सडक निर्माण कार्य शुरु गरिएकोले ग्रामिण क्षेत्रका धेरै नागरिकहरु लाभान्वित हुनेछन् । झापाको खर्साङबारी जलथल सडक ६.५ किलो मिटर, चारपाने-चैतुबारी सडक १५.५ किमि, अमलडाँगी–बाँसवारी ११.५ कि. मि. र पाडाजुँगी–झर्का सडक १० कि. मि. निर्माणको तयारी शुरु गरिएको छ । ग्रामिण सडक संजाल सुधार आयोजनाको लगानीमा एमएस जेड सी जी आइ इ सी आशिष प्रेरा जेभी कम्पनिले ४ वटा सडकको ६७ करोड ९३ लाख ७९ हजार ९ सय ९५ रुपँयामा गत चैत्र १६ गते २ बर्ष भित्र काम गर्ने सम्झौता भएको सो आयोजनाका इन्जिनियर विदुर विदुर पोख्रेलले बताउनु भयो । सडकको नक्शाङ्रकन तथा अन्य कागजी कार्य सबै पुरा भएकोले यसै साता देखि सडक क्षेत्रमा काम शुरु हुने पोख्रेलले बताउनु भयो ।
यी सडकहरु एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण हुन लागेका हुन् । जसअन्तर्गत एडीबीको ८० तथा नेपाल सरकारको २० प्रतिशत लगानी रहने बताइएको छ ।
यस बाटो निर्माणले करिव १ लाख भन्दा धेरै मानिसहरु लाभान्वित हुने बताइएको छ । सम्झौता भएको मिति देखि २ बर्ष भित्रमा जम्मा ४३. ५ किलो मिटर सडक कालो पत्रे हुने छ । सडक कालो पत्रे गरे पछि पनि आयोजनाले सडकको अवलोकन र पुनर्निमाणमा अरु ३ बर्ष काम गर्ने अवधि रहेको आयोजनाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here