भूटानी शरणार्थी खेलाडीले ३ स्वर्ण हात पार्दै पक्का गरे तेस्रो स्थान

कराते खेलमा भूटानी खेलाडीले अहिलेसम्म ५ दर्जन बढी स्वर्ण जिते

0
1470

कराते खेलमा भूटानी खेलाडीले अहिलेसम्म ५ दर्जन बढी स्वर्ण जिते

३१ बैशाख, २०७५
दमक/काठमाण्डौंमा जारी तेस्रो अन्तराष्ट्रिय वादरियो कराते च्याम्पियनशीको आज भएको खेलमा भूटानको तर्फबाट भूटानी शरणार्थी शिविरबाट गएका खेलाडीहरुले तेस्रो स्थान प्राप्त गरेका छन् ।
पटक पटक भूटानको नामबाट खेल खेल्दै आएका भूटानी शरणार्थी शिविर वेलडाँगीको खेलाडीले ३ वटा गोल्ड मेडल, ४ सिल्भर र १ कास्य सहित तेस्रो स्थान पक्का गरेका छन् । ६ वटा देशका करिव १५ सय हाराहारीमा सहभागी भएका खेलाडी मध्ये ६ जना सहभागी भूटानी खेलाडीले राम्रो नजिता ल्याएको भूटान कराते एशोशियसनका कोच डम्बर मुखियाले बताउनु भयो । नेपाल, भारत, मलेशिया, श्रीलंंका, वंगालादेश र भूटानको सहभागिता रहेको खेल प्रतियोगितामा नेपाल पहिलो, भारत दोस्रो र भूटान तेस्रो स्थानमा रहन सफल भएको खेल आयोजक नेपाल वादरियो कराते डो एशोशियसनका प्रमुख हरिशरण केसीले जानकारी दिनु भयो ।

नेपाल १७ स्वर्ण, भारत ९ र भूटान ३ स्वर्ण सहित पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेको बताइएको छ । यस अघि भारतको राजिस्थानमा भएको १३ वटा देशबीच भएको खेलमा भूटान चौथो स्थानमा आउन सफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here