फोबर्सले सार्बजनिक गर्यो विश्वकै शक्तिशालि ब्यक्तिहरुको सुची दश शक्तिशालीको सूची: चिनियाँ राष्ट्रपति सी विश्वकै शक्तिशाली

0
1311
Xi Jingping

काठमाडौं |
सबैभन्दा अगाडी सी जिनफिङ
फोर्ब्सले यस वर्ष सबैभन्दा शक्तिशाली व्यक्तिको सुची सार्बजनिक गरेको छ । यस बर्ष विश्वकै शक्तिशाली ब्यत्तिको रुपमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई चित्रित गरेको छ । फोर्ब्स पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने शक्तिशाली व्यक्तिहरुको सुचीमा वर्ष २०१८ को लागि सी पहिलो नम्बरमा परेका हुन् । बिश्वकै ठुलो जनसंख्या भएको मुलुक चिनको सत्ताधारि पर्टि,चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीको ‘नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार’लाई चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो विधानमा समावेश गरेपछि उनी माओ र तङपछि सबैभन्दा शक्तिशाली नेताको रुपमा उदाएका हुन् ।

Russian President Vladimir Putin

सी पछि पुटिन्
फोर्बस्ले सार्बजनिक गरेको शक्तिशाली ब्यक्तिहरको सुचीको दोस्रो शक्तिशाली व्यक्तिमा रसियाका राष्ट्रपति भलादमिर पुटिन छन् । पुटिन सन् २००० देखि निरन्तर सत्तामा छन् । यो वर्षको राष्ट्रपतीय चुनावमा पुटिनले ७७ प्रतिशत मत ल्याएर चौथों कार्यकालका लागि चुनिएका छन् । तत्कालीन सोभियत संघको विघटनपछि धेरै समयसम्म सत्तामा रहने व्यक्तिमा पुटिन नै पर्छन् ।

तेस्रो मा मात्र ट्रम्प
सी र पुटिन् पछि फोर्बस्को सुचीमा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र र सैन्य शक्ति भएको मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प परेका छन् । आफ्ना एजेण्डाहरु पास गराउन नसकेको, व्यक्तिगत र व्यापारिक जीवनका बारेमा नकरात्मक कुराहरु बाहिर आएका कारण ट्रम्प तेस्रो स्थानमा झरेको फोर्ब्सले जनाएको छ ।
चैथो मा एन्जेला मार्केल
फोर्बस्को सुचीमा चौथो नम्बरमा जर्मन चान्सलर एन्जेला मार्केल रहे

Angela Merkel

कि छिन् । यूरोपको डी–फ्याक्टो लिडरसमेत रहेकी मार्केलसँग युरोपीयन युनियनको भविष्य र युरोपमा देखा परेको आप्रवासी  समस्याहरुको चुनौती छ ।

 

 

               Jeff Bezos

पाँचौ जेफ बेजोस
फोर्बस्को सुचिमा विश्वका सबैभन्दा धनी एवं एमाजोन कम्पनीका प्रमुख जेफ बेजोस ५ औँ शक्तिशाली व्यक्तिको रुपमा रहेका छन् । एक सय ३२ दशमलव ४ बिलीयन अमेरिकी डलरका मालिक बेजोसले सन् २०१३ मा २ सय ५० मिलियन डलरमा द वासिङ्टन पोष्ट खरिद गरेका थिए ।

छैटौं शक्तिशाली पोप फ्रान्सिस

                   Pope Francis

फोर्बस्को सुचीमा छैटौं नम्बरमा विश्वका एक अर्ब ३० करोड ईसाइ धर्मावालम्बीहरुका धार्मिक नेता एवं रोम क्याथलोटिक चर्चका पादरी पोप फ्रान्सिस शक्तिशाली व्यक्तिको रुपमा रहेका छन् ।

 

Bill Gates

सातौं शक्तिशाली बिल गेट्स
फोर्बस्को सुचीमा सातौं नम्बरमा माइक्रोसफ्टक संस्थापक बिल गेट्स छन् । बिल गेट्स र आफ्ना श्रीमतीसँग मिलेर बिल एण्ड मिलन्डा गेट्स फाउण्डेशन सञ्चालन गरेका छन् । यो संस्था विश्वको सबैभन्दा धेरै च्यारिटी गर्ने निजी संस्था रुपमा यो बर्ष प्रस्तुत भएको छ ।

Mahammad Bin Salman Al Saud

आठौं शक्तिशाली मोहम्मद बिन सल्मान
फोर्बस्को सुचीमा आठौ शक्तिशाली ब्यक्तिका रुपमा साउदीका राजकुमार मोहम्मद बिन सल्मान अल साउद छन् । सन् २०१७ को नोभेम्बरमा मोहम्मदले साउदीमा भ्रष्टचार विरोधी कारवाही चलाएका थिए । कारवाहीमा परी साउदीका धेरै इलिट र धनाढ्यहरुलाई जेलको ढोकासम्म र्पुयाएको थियो ।
मोदी नवौं

           Narendra Modi

छिमेकि देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वको ९ औँ शक्तिशाली व्यक्तिको रुपमा फोर्बसको सूचीमा अटाए । भ्रष्टचार नियन्त्रणका लागि उनले सन् २०१६ मा ५ सय र १ हजारका भारतीय नोट प्रयोगमा प्रतिबन्ध लागएका थिए ।

 

दशौंमा ल्यारि पेज

                Larry Page

फोर्बस्को सुचीमा गुगलको प्यारेन्ट कम्पनी अल्फबेटका सिइओ ल्यारी पेज १० औँ स्थानमा छन् । सन् १९९८ मा पेजले सर्जे ब्रिनसँग मिलेर गुगलको स्थापना गरेका थिए । उनी गुगुलका प्रथम सिइओ समेत हुन् । छत्तिसौं स्थानमा छन किम जोङरहस्यमय मुलुक उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन् फोर्ब्सले सार्बजनिक गरेको ३६ औँ शक्तिशाली व्यक्तिको सूचीमा रहेका छन् ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here