“बैसि दुडुब“ श्रृंखला ४ मा युवा नेता विश्वप्रकाश शर्मा

0
927

दमक |
झापाको दमकमा शनिबार यूथ नेटवर्क र विपी अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक “बैसि दुडुब“ श्रृंखला ४ अन्तरसंवादलाई युवा नेता तथा नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले सम्बोधन गरेका छन् । सम्बोधन गर्दै शर्माले लोकतान्त्रीक देशलाई हार्ने र जित्ने दुबैको खाँचो रहेको बताए । चुनावमा जित्ने थोरै र हार्ने बढी हुने भएकोले जित्नेले मात्रै देश बनाउन नसक्ने कुरा राखे ।
राष्ट्र निर्माणमा हार्नेको पनि उत्तिकै जिम्मेवारी रहेकोहुनाले सबैले आ–आफ्नो क्षेत्रबाट देश विकासका लागि जुट्न आग्रह गरे । प्रतिपक्षमा बसेर पनि सरकारका राम्रा कामलाई कांग्रेसले संधै सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
राजनैतिक नेताले आवरण राम्रो बनाएर मात्र नहुने आचरण राम्रो बनाउनुपर्ने उनको भनाई थियो । उनले भने– ‘सबैले राम्रो आचरण बनाए देश आफै बन्छ ।’
देश बनाउनको निम्ती आने र जित्ने दुबै मिल्नु पर्ने बताउँदै उनले भने ‘जितेर दम्भता राखे त्यो क्षणिक हुनेछ’ । नेतृत्वको लागि आचरण सबैभन्दा महत्वपुर्ण कुरा रहेको बताउँदै उनले सुरुमा आफै बदलिन सबैलाई आग्रह गरे । खासगरेर तपाँईहाम्रा नेताहरु कहाँबाट चल्छन् ? कसरी काम गरिरहेका छन् त ? यसको बारेमा जनताले एकदमै ख्याल गर्नु पर्ने शर्माको सुझाव छ ।
कांग्रेसका प्रबक्ता समेत रहेका नेता शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला विवेकशील साझा पार्टीले राखेको ब्यानर प्रहरीले च्यातेर फाल्नु सरकारको अधिनायकवादी चरित्र भएको टिप्पणी गरे ।
लोकतन्त्र सबैका निम्ती रहेको तथा लोकतन्त्रमा सबैले आफ्नो विचार सभ्य ढंगले राख्न पाउने अधिकार रहेको नबिर्सन सरकारलाई सचेत समेत गराए । सिंहदरबार अगाडि एकलाख मानिस उतार्नुमात्र प्रजातन्त्र हुन नसक्ने उनले जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here