के भारतीय प्रधानमन्त्री मोदीले सुन्लान् त भूटानी शरणार्थीको कुरा

स्वदेश फर्काउन आग्रह गर्दै भारतीय प्रधानमन्त्रीलाई भूटानीको ज्ञापन पत्र

0
1206

स्वदेश फर्काउन आग्रह गर्दै भारतीय प्रधानमन्त्रीलाई भूटानीको ज्ञापन पत्र

बैशाख २८ गते/डिकेश लामा
दमक/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज भएको नेपाल भ्रमणको अवसर पारेर राष्ट्रिय पूनर्मिलन समिति भूटानले इमेल मार्फत ज्ञापन पत्र पठाइएको छ । भारतीय प्रधानमन्त्रीको सम्पर्क कार्यालय र नेपाल स्थित भारतीय दुतावासमा ज्ञापन पत्र पठाइएको हो ।
भारतले भूटानलाई आग्रह गर्ने हो भने स्वदेश फर्कन चाहाने शरणार्थीको घर फिर्ती संभव हुने भन्दै सो कार्यका लागि आवश्यक वातावरण मिलाउँन पत्रमा माग गरिएको छ । यस अघि स्वदेश फर्कने कार्यमा भारत तगारो भई दिएकोले शरणार्थीहरु पछिल्लो समय आएर १ लाख भन्दा धेरै तेस्रो मुलुक बाध्यता जानु परेको दुखेसो समेत पत्रमा उल्लेख गरिएको छ । समितिका संयोजक कृष्णविर तामाङको हस्ताक्षरमा प्रेशित ज्ञापन पत्रको बोधार्थ नेपालका प्रधानमन्त्री, शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायको कार्यालयमा समेत दिइएको बताइएको छ ।

यसै गरी २ दिन अघि मात्र भूटानी जेष्ठ नागरिकहरुले स्वदेश फर्कने वातावरण मिलाउँन आग्रह गर्दै २१ जना प्रतिनिधिको हस्ताक्षर सहति नेपाल स्थित भारतीय दुतावासमा अग्रीम ज्ञापन पत्र बुझाइएको छ । पछिल्लो समय शरणार्थी शिविर वेलडाँगी र शनिश्चरेमा भूटानी शरणार्थीहरुको संख्या घट्दै जान थाले पछि कटौती हुँदै आएको राहतका कारण तत्काल भूटानी शरणार्थीको मुद्धा समाधान गर्न विभिन्न संघ संस्था र शरणार्थी अगुवाहरुले विषेश पहल गर्दै आएका छन् । यस अघि भूटान जन मञ्च, शिविर व्यवस्थापन समिति, भूटानी जेष्ठ नागरिक स्वदेश फिर्ती समिति लगायतले नेपालका उच्च निकाय र नेतृत्वहरुलाई शरणार्थी समस्या तत्काल समाधान गर्न माग गरेका छन् । अधिकाशं समूह वा अगुवाहरुले पहिलो प्राथमिकतामा स्वदेश फिर्तीकै कुरालाई प्राथमिकता दिँदै आएका छन् । 

आज भारतीय प्रधानमन्त्री नेपाल आएर विशेष नागरिक अभिनन्दन देखि दुई देशबीचका महत्वपूर्ण विषयमा छलफल चलिरहेको छ । यता थोरै संख्यामा रहेका भूटानी शरणार्थीको आवाज बोल्ने पहँुचवाला नेतृत्वको अभावमा इमेलबाट नेपाल स्थित भारतीय दुतावासमा पठाएको पत्र मोदीको हातमा पुगेर सुनवाई वा ध्यान कतिको दिन्छन् भन्ने विषय चाँही भ्रमण पछि मात्र थाह हुन सक्ने भूटानी बुद्धिजीविहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here