मनाङलाई हराउँदै नेपाल पुसिलले जित्यो दमक गोल्डकपको फाईनल (बिशेस हाईलायिट्स सहित)

शून्यको विरुद्धको १ गोल गर्दै पुलिसको पोल्टामा १३ लाख ११ हजार पस्यो

0
1530

शून्यको विरुद्धको १ गोल गर्दै पुलिसको पोल्टामा १३ लाख ११ हजार पस्यो


बैशाख २८ गते/डिकेश लामा
दमक/झापाको दमकमा जारी दमक गोल्डकपको आज भएकोे फाइनलको खेलमा मनाङलाई ० को विरुद्ध १ गोलले हराउँदै नेपाल पुलिस क्लवले विजय हात पारेको छ ।
मनाङले खेल आफ्नो पकडमा राखे पनि खेलको अन्तिम समयमा आएर पुलिसका जर्सी नम्बर ११ का खेलाडी रेजिन सुव्बाले गोल गरेका छन् । खेलको ८८ औं मिनेटमा पुलिसका जर्सी नम्बर १२ का रवि पासवानले निकालेको पासलाई सदुपयोग गर्दै सुव्बाले आकर्षक गोल गर्न सफल भएका छन् ।
खेलको समापन कार्यक्रममा प्रमुख अतिथि रहनु भएका अखिल नेपाल फुटवल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले विजेता पुसिल र उपविजेता मनाङ्गलाई ट्रफी प्रदान गर्नु भएको छ। समापन कार्यक्रममा बोल्दै शेर्पाले अव देखि हुने देशभरीका खेललाई व्यवस्थित समेत बनाउने प्रतिवद्धता जाहेर गर्नु भयो । आजको खेलमा म्यान अफ द म्याच नेपाल पुलिसका जर्सी नम्बर ८ का अभिषेक रिजाललाई घोषित गर्दै ११ हजार नगद प्रदान गरिएको छ ।


खेलभरीका उत्कृष्ट डिफेन्डर पुलिसका सन्तोष हेमरुन, उत्कृष्ट मिड फिल्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट वेष्ट स्टाइगरमा रेजिन सुव्बा, उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्त राज थापा र सर्वोेत्कृष्ट खेलाडीमा नेपाल पुलिसका गोल किपर किरण चेम्जोङ्ग घोषित हुनु भएको छ । सर्वोत्कृष्ट खेलाडीलाई टिभीएस कम्पनिको मोटर साइकल हस्तान्तरण गरिएको छ भने अन्य उत्कृष्ट विधाका खेलाडीलाई नगद रु २५ हजार र ट्रफी प्रदान गरिएको छ । दमक नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईंको सभापतित्वमा भएको समापन कार्यक्रममा सर्वाधिक गोल कर्ताहरु नेपाल आर्मीका नवयुग श्रेष्ठ , शसस्त्र प्रहरीका हरि कार्की , मदन भण्डारी स्पोटिङका म्याक्स अलावरलाई २५ हजार नगर प्रदान गरिएको छ । उनीहरुले खेल अवधिमा ३÷३ गोल गरेका छन् ।
गोल्डकपको विजेता नेपाल पुलिसलाई नगद १३ लाख ११ हजार तथा उपविजेता मनाङ मस्र्याङ्दीलाई ६ लाख रुपैयाको चेक, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको खेल प्रचार प्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिनु भयो । दमक गोल्ड कप प्रदेश नम्बर १ को सवै भन्दा ठूलो धन राशीको खेल हो । यस खेलमा नेपालका स्थापित १० वटा टिमको सहभागिता रहेको थियो ।

See Special Highlights by Global Post TV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here