भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शरणार्थीको अग्रीम ज्ञापन पत्र

प्रधानमन्त्रीले चाहे समस्या समाधान हुने

0
1778

प्रधानमन्त्रीले चाहे समस्या समाधान हुने 

  
बैशाख २६ गते/डिकेश लामा
दमक/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसर पारी भूटानी जेष्ठ नागरिकहरुले स्वदेश फर्कने वातावरण मिलाउँन आग्रह गर्दै नेपाल स्थित भारतीय दुतावासमा अग्रीम ज्ञापन पत्र बुझाएको छ । भारतीय प्रधानमन्त्री मोदी यही बैशाख २८ नेपालमा आउने भए पछि आज नेपाल स्थित भारतीय दुतावासमा ज्ञापन पत्र पठाउँदै भूटानी जेष्ठ नागरिकले सो माग गरेका ह्न् । पत्रमा सन् १९९० मा भूटानले नेपाली भाषी दक्षिण भूटानी ल्होछम्पाहरुलाई मानव अधिकारको माग गर्दा शैनिक शासन लादी देशबाट लेखेटेको बताइएको छ ।
भूटानी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिका सह संयोजक तथा प्रवक्ता सन्तविर घलले लामो समय देखि स्वदेश फर्कन बसेका शरणार्थीहरुको समस्या भारतले चाहेमा पुरा हुने भन्दै भूटान सरकारलाई आफ्ना नागरिकलाई फर्काउँन वातावरण मिलाउन माग गर्नु भएको छ । 
पत्रमा सन् २००१ देखि नेपाल भूटानीबीच भएको सँयुक्त प्रमाणीकरण कार्य १५ औं चरणमा पुगेर रोकिएको र उक्त कार्यलाई पुन रुचारु गर्न भारतलाई दबाव दिन माग गरिएको छ । पत्रमा भारत सरकारले भूटानलाई बाँकी रहेका शरणार्थीहरुलाई फर्काउन पहल गरे सम्भव हुने समेत उल्लेख गरिएको छ । ज्ञापन पत्रका साथ आफ्नो देश फर्कने भनेर २६ बर्ष देखि पूर्वी नेपालको वेलडाँगी र शनिश्चरेमा बस्दै आएका २१ जना जेष्ठ नागरिको हस्ताक्षर समेत बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here