क्यान्सर पीडित युवतीलाई ३ लाख १४ हजार ५ सय सहयोग हस्तान्तरण (भिडियो सहित )

२४ बर्षीय जानुकाले रुँदै मागिन जिवनको भीख

0
1617

२४ बर्षीय जानुकाले रुँदै मागिन जिवनको भीख

बैशाख २६ गते/डिकेश लामा
दमक/ आर्थिक अवस्था अति कम्जोर भएकी दमक नगरपालिका वडा नं. २ की क्यान्सर पीडित जानुका पराजुलीलाई आज आर्थिक सहयोग गरिएको छ ।
हङकङ झापा मञ्चका अध्यक्ष छत्र सुब्बाको पहलमा संकलित रकम ३ लाख १४ हजार ५ सय रुपयाँ रकम पीडित युवती पराजुलीलाई दमक नगर पालिकाका उपमेयर गीता अधिकारीले हस्तान्तरण गर्नु भयो । महिला न्यायिक मञ्चकी सचीव लक्ष्मी सुब्बाको आग्रह अनुसार मञ्चले सो रकम संकलन गरेर पठाइएको र आज हस्तान्तरण गरिएको सुव्बाले बताउनु भयो ।


१ बर्ष अघि वैदेशिक रोजगारमा जानु भएकी २४ बर्षीय पराजुलीलाई मलदुवारमा क्यान्सर भए पछि उपचारका लागि नेपाल आएको पीडितले बताउनु भयो । क्यान्सर पीडित युवती पराजुलीले आपूm अझै बाँच्न चाहाना भएकोले बचाउँन आग्रह गर्दै भक्कानिएर रुँदै सहयोगको माग गर्नु भएको छ । बुवा नभएको अवस्थामा आमा र भाइ मात्र भएको घरमा आफू पनि विरामी भए पछि आर्थिक कम्जोर अवस्था भएकोले उपचार गर्न समस्या परेको पीडितकी आमाले बताउनु भयो । १२ कक्षा अध्ययन गरेकी पराजुलीको कम्जोर आर्थिक अवस्था र अभिभाकत्व नभएकोले सवैले सहयोग गरेर उनलाई बचाउँन उपमेयर अधिकारीले समेत आग्रह गर्नु भयो । कार्यक्रममा राजनैतिक तथा सामाजिक अगुवाहरु घनेन्द्र सुव्बा, वडा अध्यक्ष प्रजापति सापकोटा, रोशन विष्ट लगायतले पीडित क्यान्सर रोगीको उपचारमा सवैले सहयोग गर्न आग्रह समेत गरेका छन् ।
हाल भारतको राजिवगान्धी अस्पतालमा उपचार भइरहेको भए पनि आर्थिक अभावका कारण थप उपचार हुन समस्या भएको पीडितकी आमा भोजकुमारी पराजुलीले बताउनु भयो । कम्तिमा भारतीय रुपयाँ २५ लाख रकम लाग्ने भएकोले सो रकम जुटाउन दमकमा सामाजिक अगुवाहरुले पहल शुरु गर्ने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here