१ को विरुद्ध ३ गोल गर्दै एपीएफ सेमी फाइनलमा

झापा ११ लाई हराएर आएको मदन भण्डारी स्पोर्टिङ्ग बाहिरियो

0
1251

झापा ११ लाई हराएर आएको मदन भण्डारी स्पोर्टिङ्ग बाहिरियो

 
बैशाख २१ गते/डिकेश लामा
दमक/झापाको दमकमा जारी दमक गोल्डको आज भएकोे खेलमा एपीएफले मदन भण्डारी स्पोर्टिङ्ग एकाडेमीलाई १ को विरुद्ध ३ गोल गर्दैै सेमीफाइनलमा प्रवेश गरेको छ ।
खेलमा एपीएफका जर्सी नम्बर २२ का खेलाडी हरि कार्कीले ह्याट्रिक हानेका छन् । खेलको १० औं मिनेटमा एपीएफका कार्कीले पहिलो गोल गरेका छन् । अति प्रतिस्पर्धात्मक र रोचक ढंगमा प्रस्तुत भएको खेलमा पहिलो गोलको जवाफ ८ मिनेट पछि खेल शुरु भएको १८ मिनेटमा मदन भण्डारी एकाडेमीको तर्फबाट जर्सी नम्बर ८ खेलाडी म्याक्स वेल एलेनले गोल गरेका छन् । यसैगरी खेलको २७ मिनेटमा पुन हरि कार्कील अर्को गोल थपेर आफ्नो टिमलाई अग्रता दिलाए ।
खेलको २० औं मिनेटमा एपीएफका खेलाडी जर्सी नम्बर ६ का आदित्य चौधारीले रेड पाएर बाहिरे पछि खेल अझ चर्किएर गएको थियो । खेलको मध्यान्तर समयमा १ गोलको अन्तरमा अग्र रहेको एपीएफ १० जना खेलाडीको साथबाट अघि बढेको थियो । हाफ पछि निर्धारित समय बाहेकको इन्जुरी समयको ३ मिनेटमा पुन कार्कीले १ गोल गरेका थिए । खेलमा कार्कीलाई म्यान अफ द म्याच घोषित गरिएको छ । कार्कीले आयोजक दमक नगर पालिकाबाट नगद ११ हजार प्राप्त गरेका छन् । 

 

भोलि आयोजक दमक ११ र त्रिभुवन आर्मीबीच खेल हुने आयोजक समितिले जानकारी दिएको छ ।

see Special Highlights by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here