लामो समय पछि भूटान पिपुल्स पार्टीले बुझायो प्रधानमन्त्री तथा पराराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र

शरणार्थीहरुको स्वदेश फिर्ती कार्य अगाडि बढाउँन आग्रह

0
2222
Balaram Poudyel

शरणार्थीहरुको स्वदेश फिर्ती कार्य अगाडि बढाउँन आग्रह

बैशाख २०, २०७५ 
दमक/भूटानको पुरानो इतिहास बोकेको पार्टी भूटान पिपुल्स पार्टीले आज एक विज्ञप्ती जारी गरी प्रधानमन्त्री तथा पराराष्ट्र मन्त्रीलाई स्वदेश फिर्तीमा पहल गर्न माग गर्नु भएको छ । पार्टीका अध्यक्ष बलराम पौडेलले भूटानमा पर्खेर बसेका आफन्तहरुसँगको पुर्नमिलनका लागि पहल गर्न माग गर्नु भएको छ । ज्ञापन पत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र पराराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीलाई सम्बोधन गरिएको छ । ज्ञापनपत्रमा भूटानको प्रभाव, भारतको वेवास्ता र नेपालको अस्थिर राजनैतिक अवस्थाको फाईदा लिँदै धेरै विदेशीहरुले खेल्ने मौका पाएको बताइएको छ । जसको कारण भूटानी शरणार्थीहरु दिनानु दिन हराउँदै गएको बताइएको छ ।
सन् २००६ मा शुरु गरिएको शरणार्थीहरको घर फिर्तीको अभियान पूरा हुन नसकेको ज्ञापन पत्रमा उल्लेख छ । अव बनेको स्थिर सरकारबाट भूटानी शरणार्थीहरुको घर फिर्ती कार्य पुरा हुन्छ भन्ने आशालाई मुर्त रुप दिन आवश्यक कार्य अगाडि बढाउँन आग्रह गरिएको छ ।
सन् १९९० ताका भूटानमा आन्दोलन हुँदा स्थापना भएको भूटान पिपुल्स पार्टी पछिल्लो समय शुरु भएको तेस्रो मुलुक पुनर्वास पछि त्यति धेरै सक्रिय गतिविधिमा देखा परेको छैन । लामो समय पछि पौडेलले संघीय लोकतान्त्रिक गणतत्रात्मक सरकारलाई शरणार्थी समस्या स्थायीरुपमा समाधान हुन्छ भन्ने आशा समेत लिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here